लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

सारांश

  • लुम्बिनी ।
  • लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन् ।
  •    यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लागेका प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन् ।
  
यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लागेका प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

प्रदेशसभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाएका छन् । गठबन्धन दलमा मन्त्रालयको भागबण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ । मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिना विभागीय छन् ।

मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने कार्यक्रम तय भएर प्रदेश सभालाई जानकारी गराएको मन्त्री पाण्डेले जानकारी दिए । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेशसभाको अधिवेशन मङ्गलबारका लागि बोलाइएको छ । प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ ।

(sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
तीज गीतमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी (भिडियोसहित)
तीज गीतमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी (भिडियोसहित)
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य
तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती

तपाईंले छुटाउनुभयो कि?