एकता बारे निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा !
सारांश
- काठमाडाै, २ जेठ ।
- पार्टी एकता बारे निर्णायक वार्ताका लागि ओली प्रचण्डबीच अहिले ‘वान टु वान’ वार्ता भइरहेकाे छ।
- प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी अनसुार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता बारे निर्णायक वार्तामा जुटेका हुन।
काठमाडाै, २ जेठ । पार्टी एकता बारे निर्णायक वार्ताका लागि ओली प्रचण्डबीच अहिले ‘वान टु वान’ वार्ता भइरहेकाे छ।
प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी अनसुार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता बारे निर्णायक वार्तामा जुटेका हुन।
प्रचण्ड आफ्नै निवास खुमलटारमा यस अघि दुई कार्यदलले बुझाएको प्रतिवेदन उपर मिहिन ढंगले अध्ययन गरेर बालुवाटार पुगेकाे प्रचण्ड सचिवालयले जनाएकाे छ ।
यता, प्रधानमन्त्री ओलीले मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा पार्टी एकताको तयारी हेर्न पत्रकारहरुलाई बालुवाटार डाकेका थिए । ‘दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बिर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ’, प्रधानमन्त्री ओलीले भनेका थिए ‘तर हामी दुई तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौं ।’ ओलीले सञ्चारकर्मीलाई भनेका थिए‘पत्रकारहरु !भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौं ।’
Gopal Sedai
Again drama???
How funny ☺☺☺☺