लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
२९ पटक हेरिएको
Shares
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने

सारांश

  • काठमाडौं ।
  • लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कुरा मिलेको छ ।
  • उनीबीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

काठमाडौं । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कुरा मिलेको छ । उनीबीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

स्रोतको अनुसार पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने बताइएको छ ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दिएको समयसीमाभित्र सत्ता गठबन्धनमा आवद्ध ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने भएका छन् ।

एक विश्वसनीय स्रोतले प्रदेश प्रमुखसमक्ष ५३ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्ने तयारी भएको बताएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार सरकार गठन आह्वान गर्दा बिहीबार अपराह्न ४ बजेसम्मका लागि समयसीमा तोकेका हुन् । 

त्यस्तै, लुम्बिनी प्रदेशमा माओवादी र नेपाली कांग्रेसबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । स्रोतले भन्यो, ‘हामीबीच पहिले नै आधाआधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ, त्यसमा कुनै विवाद छैन ।’

सो सहमति अनुसार पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेपछि माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महरा मुख्यमन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४÷४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३÷३ जना, राष्ट्रिय जनमोर्चाका १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र १ सांसद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० बर्षीया बालिकाको बलात्कारपछि हत्या
पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत
पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत
परिमार्जन नभइ एमसिसी पारित हुन्न,  राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
परिमार्जन नभइ एमसिसी पारित हुन्न, राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी अाफै तोके
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो

तपाईंले छुटाउनुभयो कि?