शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !

सारांश

  • काठमाडौं, ११ जेठ ।
  • राज्य संयन्त्रको विस्तारले गर्दा सिंहदरबारमा आफूहरूले गाडी पार्किङको सुविधा समेत नपाएको भन्दै एक सांसदले संसदमा कुरा उठाएकी छन् ।
  • राज्यको विस्तार भारी हुँदै गइरहेका कारण चालू खर्च बढिरहेको धारणा समेत उनले राखिन् ।

काठमाडौं, ११ जेठ । राज्य संयन्त्रको विस्तारले गर्दा सिंहदरबारमा आफूहरूले गाडी पार्किङको सुविधा समेत नपाएको भन्दै एक सांसदले संसदमा कुरा उठाएकी छन् ।

राज्यको विस्तार भारी हुँदै गइरहेका कारण चालू खर्च बढिरहेको धारणा समेत उनले राखिन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा शुक्रवार संघीय समाजवादी फोरमकी सांसद सरिता गिरीले गाडी पार्किङका लागि स्थान नपाएको गुनासो गरेकी हुन्।

‘हिजो संविधानसभामा हामी ६०१ सभासद थियौं, त्यो बेलामा सिंहदरबारमा कार पार्किडका लागि समस्या थिएन । अहिले अत्यन्तै कम भएका छौं, तर पार्किङका लागि ठाउँ पाइन्न । कारण के हो भनेर यसो बुझ्दा शाखा अधिकृतसम्मले कार पाउनुभएको छ,’ सांसद गिरीले भनिन्, ‘हामीहरुलाई ठाउँ छैन । ह्वाट इज दिस ? उहाँहरूले कार पाउनुभयो भनेर गुनासो गरेको होइन । तर पोलिटिक्सलाई मार्जिनमा पुर्‍याउने पनि त होइन नि !

राजनीति र प्रशासनबीच सन्तुलन कायम गर्न नसके यस्तै अवस्था हुने उनको भनाइ छ ।

सांसद गिरीले संविधानको प्रस्तावनामा स्वायत्तता र स्वशासनको कुरा रहे पनि अहिले संविधानमा नभएको सन्तुलन र नियन्त्रणको कुरा आएको बताइन् ।

प्रदेश सरकारमाथि केन्द्र सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै गिरीले भनिन्, ‘राजनीतिक विमति छ भने सरकारलाई अपदस्त गर्न सक्नुहुन्छ, तर दण्डित गर्न सक्नुहुन्न, यो राजनीतिक भाषा होइन, चिन्ताजनक हो ।’

(www.brandxhuaraches.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?