कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी अाफै तोके

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १५ साउन ।
  • संसदीय सुनवाई समितिको निर्णयको अन्यौलताकाबीच मंगलबार पनि कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी तोकेका छन्।
  • न्यायाधीश प्रकाशमान सिंह राउतसँग कामु प्रधानन्यायाधीश जोशीले पूर्ण इजलासमा पेशी तोकेका हुन्।

काठमाडाै, १५ साउन । संसदीय सुनवाई समितिको निर्णयको अन्यौलताकाबीच मंगलबार पनि कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी तोकेका छन्।न्यायाधीश प्रकाशमान सिंह राउतसँग कामु प्रधानन्यायाधीश जोशीले पूर्ण इजलासमा पेशी तोकेका हुन्।

जोशीले बिहीबारयता आफूलाई पेशी तोकेका थिएनन्। उनी बिहीबार संसदीय सुनुवाईमा उपस्थित भएका थिए। त्यसयता उनी सर्वोच्च अदालतमा उपस्थित भएका छैनन्। सर्वोच्च अदालतमा दैनिक पेशी तोक्ने र इजलासमा न्यायाधीशको छनौट हुने गर्दछ। संसदीय सनवाईमा आफुसँगको व्यवहारमा असन्तुष्टि राखेका जोशीको सचिवालयले सोमबार शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्नुका साथै राती बिज्ञप्ती जारी गरेको थियो।

संसदीय सुनुवाई समितिमा जोशी उपर पाँचवटा उजुरी परेका छन्। चार उजुरी उनको इजलासले गरेका फैसला उपर छन्। एउटा उजुरी उनको ब्यक्तिगत खर्चका बिषयमा छ। संसदीय समितिमा हुने सुनवाईको सवालजवाफ सार्वजनिक भएजस्तै समितिको निर्णयपनि आधार सहित सार्वजनिक हुनुपर्ने संवैधानिक व्यवस्था छ। समितिले सुनवाईमा प्रमाणसहित आएका आरोपपछि मुद्दाका मिसिल समेत अध्ययन गरिरहेको छ।

जोशी वकिल समूहबाट २०४८ कार्तिकमा पूनरावेदन अदालतका न्यायाधीश नियुक्त भएका थिए। प्रजातान्त्रिक समूहका वकिलका रुपमा चिनिन्थे। संसदीय समितिले दुई तिहाई बहुमत सदस्यबाट रद्द गर्नसक्ने प्रावधान छ। संवैधानिक परिषद्ले सिफारिस गरेका वरिष्ठतम न्यायाधीशलाई अस्वीकार गरेमा संसदीय इतिहासमा नयाँ इतिहास बन्नेछ।अघिल्ला प्रस्तावित प्रधानन्यायाधीशका बिषयमा समेत यो भन्दा बढी सवाल-जवाफ र आरोप आएपनि समितिबाट अनुमोदन भएको थियो।

प्रधानन्यायाधीसमा जोशीको नाम अस्वीकार भए कानून अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका न्यायाधीश ओमप्रकाश मिश्रलाई संवैधानिक समितिले सिफरिस गर्नुपर्नेछ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?