महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
१७ पटक हेरिएको
Shares
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पछिल्लो समय आएका महिला हिंसा र बलत्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
  • उनले महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने पनि बताएका छन् ।

काठमाडौँ, १३ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पछिल्लो समय आएका महिला हिंसा र बलत्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने पनि बताएका छन् ।

महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम वर्माको नेतृत्वमा आज गृहमन्त्रालयमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए । गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिए पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पारे ।

यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिँदै उनले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गरे । उनले भने, ‘‘अनियन्त्रित मदिराको बिक्रिबितरण र लागुपदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन् । त्यसैले पहिला ती कारणको न्युनीकरण गर्न जरुरी देखिएको छ ।’’

भेटमा गृहमन्त्री बादलले केही दिनमै मदिराको बिक्रिवितरणलाई व्यवस्थित गर्ने र लागु पदार्थको प्रयोगलाई निषेध गर्ने गरी गृहमन्त्रालयले कार्यक्रमको घोषणा गर्न लागेको जानकारी दिए । गृहमन्त्री बादलले पछिल्ला दिनमा बलात्कारका घटना बढेकोजस्तो देखिएपनि तथ्यांकगत रुपमा घटेको बताए । उनले भने, “पहिले यस्ता घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैनथ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुन् कि भन्ने जस्तो देखिएको हो ।’’

गृहमन्त्री थापाले कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहले छानविन समिति मार्फत छानविन अघि बढाइसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास व्यक्त गरे । महिला हिंसा विरुद्ध आवश्यकता अनुसार थप कठोर कानुन बनाउन सकिने भन्दै संसदमा महिला सांसदहरुबाट आएको संकल्प प्रस्तावले पनि त्यसलाई सहयोग पुग्ने धारणा राखे ।

सञ्जालको टोलीले पछिल्ला दिनमा देशका बिभिन्न ठाउँमा भएका महिलाको बलात्कार, हत्या लगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । ज्ञापनपत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, बलात्कार सम्बन्धी विद्यमान कानूनलाई संशोधन गरी कडा बनाउनुपर्ने लगायतका माग सञ्जालले राखेको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Dila Ram Bastola

    Go fast

    Comment Author

    Stha Stha

    Aba pani najage purush balatkrit hune din aisako… please fasiko kanun lyau sarkar…..

    Comment Author

    Min Lama

    गफ होईन काम गरेर देखाउनुपर्‍यो गफै त जसले पनि गरेहाल्छ नि खै त महिलाहिंसा रोकेको? दिनहुुँ दिन ४/५ वर्षका नबालिकादेखी ७०/७५ र ८० वर्षको आमा,हजुरआमाहरु समेत बलात्कार भइरहेकाछन् तर सरकार भने खाली गफ गरेर दिन कटाइरहेकाछन् !!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?