एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
४० पटक हेरिएको
Shares
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ

सारांश

  • काठमाडौं ।
  •  नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को काठमाडौंमा शुक्रबार समीक्षा गरेको छ ।
  • परिषद्को आयोजनामा अभियानको समीक्षा गरेकोे थियो ।

काठमाडौं । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को काठमाडौंमा शुक्रबार समीक्षा गरेको छ । परिषद्को आयोजनामा अभियानको समीक्षा गरेकोे थियो ।

‘मिसन ग्रासरुटः अनुभव र सिकाइ’ शीर्षकमा आयोजना गरिएको कार्यक्रमा परिषद्को तर्फबाट अभियानमा भएका गतिविधिको विषय प्रस्तुती र उक्त प्रस्तुतीमा टिप्पणी गरिएको थियो ।

कार्यक्रम प्रमुख अतिथिको रूपमा उपस्थित महाचिव शंकर पोखरलले यो अभियान नेपालको इतिहासमै ठुलो र वृहत् भएको बताए । उनले नेपालमा कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सक्दैन भन्ने मानकलाई अन्त्य गर्न एमालेले यो अभियान चलाएको बताए । अबको ४ वर्ष पछिको चुनावमा एमालेले बहुमत ल्याउने गरी अभियान थालिएकाले अहिले नै यसको परिमाण नखोजिएको उनले बताए ।

पार्टी भित्रको समस्यालाई समाधान गर्दै नयाँ र सक्रिय नेता कार्यकर्तालाई पार्टीको नेतृत्वमा ल्याउँदै अगाडि बढ्ने नीति रहेको बताए । २२ गतेसम्म प्रदेश र स्थानीय तहमा समीक्षा गर्ने पोखरेलले बताए । त्यसपछिको निचोडलाई केन्द्रीय समितिले प्रतिवेदनको रूपमा दिने उनले बताए ।

यो अभियान परिषद्का लागि नयाँ र सुरुआति भएको सांसद तथा अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले बताए । उनले परिषद्ले गरेको गतिविधिको विषयमा गहन टिप्पणी गर्ने ४ जनालाई धन्यवाद दिँदै परिषद्को गतिविधिलाई थप सुदृढ गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

देवकोटाले परिषद्लाई प्रदेश र स्थानीय तहसम्म विस्तार गरिरहेको भन्दै यसलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताए । उनले नेता कार्यकर्तालाई सक्रिय बनाउन परिषद्ले विभिन्न कार्यक्रम बनाउने तयारी रहेको बताए ।

५ फागुन २०७९ बाट सुरु भएको एमालेको ग्रासरुट अभियान अहिले समीक्षा गर्ने र प्रतिवेदन तयार गर्ने चरणमा छ । गाउँगाउँमा गएर पार्टी निर्माणका लागि संगठन विस्तार, कार्यक्रम, भेटघाट, छलफल गर्न विभिन्न कमिटीहरू बनाएर सबै जनवर्गीय संगठनहरू सहित अभियान सुरु भएको थियो ।

२ महिना गाउँगाउँमा नेता कार्यकतासँग छलफल, बहस गरेर अहिले प्रतिवेदन बनाउने चरणमा एमाले जुटिरहेको छ । त्यसका लागि पार्टीका सबै कमिटीहरूले अहिले प्रतिवेदन बनाउने क्रममा छन् । कतिपय स्थानीय तहका कमिटीहरूले प्रतिवेदन बुझाइसकेको छ ।

पार्टीमा वैचारिक काम अपेक्षाकृत बलियो बन्न नसकेको, चेतनास्तर आशा गरिएको भन्दा बृद्धि हुन नसकेको जस्ता विषयलाई मुख्य बनाएर एमालेले मिसन ग्रासरुट अभियान सुरु गरेको थियो । धेरै सदस्य र सबैभन्दा ठुलो पार्टी भएका कारण त्यसलाई व्यवस्थापन गरेर सुदृढ बनाउन आवश्यक रहेको एमालेको ठहर थियो ।

परिषद्ले आयोजना गरेको यो कार्यक्रममा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका प्रस्तोता विधान आचार्यले संगठनको गतिविधि र सिकाइको विषयमा प्रस्तुती दिएका थिए । उनले दिएको प्रस्तुतीमा ४ जनाले टिप्पणी गरे । उक्त टिप्पणीलाई समेत समेटेर परिषद्ले प्रतिवेदन बनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली
ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली
हाजिर भएको दुई घण्टा नबित्दै सरुवा
हाजिर भएको दुई घण्टा नबित्दै सरुवा
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
विदेश नीति सन्तुलित रहने :  प्रधानमन्त्री
विदेश नीति सन्तुलित रहने : प्रधानमन्त्री
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी