पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन

सारांश

  • पर्वत, १४ जेठ ।
  • पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् ।
  • स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् ।

पर्वत, १४ जेठ । पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् । उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताउनुभयो ।

छ महीनादेखि शङ्करपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालीम गरिरहेकी मनिषा तालीममा जान घरबाट निस्किएकी थिइन् । तर, घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी शुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताउनुभयो । चितवन माइती भएकी मनिषाले दुई वर्षअघि विवाह गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कविहीन रहेकी मनिषाको खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले जिल्लाका सबै प्रहरी युनिटसहित छिमेकी जिल्लाका प्रहरी कार्यालयमा पनि फोटोसहित खोजीकार्यका लागि सूचना पठाइएको जानकारी दिनुभयो । एक्कासि महिला बेपत्ता भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
मेलम्ची खानेपानीका ठेकेदारको धरौटी जफत गर्न सरकारलाई बाटो खुला
मेलम्ची खानेपानीका ठेकेदारको धरौटी जफत गर्न सरकारलाई बाटो खुला
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते
सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन  !
सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन !
अमेरिकामा २ जहाज ठोक्किए, ३ जनाको मृत्यु
अमेरिकामा २ जहाज ठोक्किए, ३ जनाको मृत्यु
भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी
भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो
स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध

तपाईंले छुटाउनुभयो कि?