लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
४० पटक हेरिएको
Shares
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप

सारांश

  • सरकारले पोखराको लेकसाइडलाई २४ सै घण्टा सञ्चालन गर्ने बताए पछि व्यवसायीहरु उत्साहीत देखिएका छन् ।
  • गृहमन्त्री जनार्दन शर्माले ‘गृह प्रशासन सुधार मार्गचित्र’ सार्वजनिक गर्दै लेकसाइडसहित मुख्य पर्यटकीय क्षेत्र चौबिसै घन्टा खुला रहने घोषणा गरे ।
  •     हुन यस भन्दा पहिलो पनि लेकसाइडलाई २४ सै घण्टा सञ्चालनमा ल्याउन घोषण नभएको होइन तर मन्त्रीस्तरबाट पहिलोपटक घोषणा भएको हो ।

सरकारले पोखराको लेकसाइडलाई २४ सै घण्टा सञ्चालन गर्ने बताए पछि व्यवसायीहरु उत्साहीत देखिएका छन् । गृहमन्त्री जनार्दन शर्माले ‘गृह प्रशासन सुधार मार्गचित्र’ सार्वजनिक गर्दै लेकसाइडसहित मुख्य पर्यटकीय क्षेत्र चौबिसै घन्टा खुला रहने घोषणा गरे ।

 

 

हुन यस भन्दा पहिलो पनि लेकसाइडलाई २४ सै घण्टा सञ्चालनमा ल्याउन घोषण नभएको होइन तर मन्त्रीस्तरबाट पहिलोपटक घोषणा भएको हो । गृहमन्त्रीको घोषणाले सुरक्षा व्यवस्था अहिलेको तुलनामा केही चुस्त हुनेमा विश्वस्त भए पनि लेकसाइडलाई चौबिसै घण्टा खुला राख्न अवसर र चुनौती दुबै रहेको व्यवसायीहरु बताउ छन् । व्यवसायीले २४ सै घण्टा सेवा सुरु गर्नु पहिले पोखरा बाहिरी सहरहर सगँ हवाइ र सडक सञ्जालले जोड्नु आवश्यक रहेको बताउ छन् ।

 

 

पोखरा सडकबाट पोखरा आउन चाहनेलाई राम्रो सडकको सुविधा हुनु पर्ने रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल रेबान पोखराका पूर्वअध्यक्ष गोपिबहादुर भट्टराईले बताए । प्याराडाइज स्र्पोट बारका सञ्चालक समेत रहेका भट्टराईले पोखरामा राती पनि विमान उठाउने व्यावस्था हुने पर्ने बताए । होलीडे मानउन पोखरामा अन्य सहरबाट आउन चाहानले सडक र हवाई दुबै क्षेत्रबाट सजिलै आउन सकने हुने पर्ने बताए ।

 

 

लेकसाइडलाई चौबिसै घन्टा खुलाउन सुधारको आवश्यकता रहेको उनको भनाई छ । उनले अहिले भइरहेको सिसिटिभी र सौर्य सडकबत्ती बढाउनुपर्ने, पोखरा भित्रिने पर्यटकलाई गन्तव्यसम्म पुग्न नगर यातायातको सुविधा थप्नुपर्ने बताए । व्यवसायीले आन्तरिक सुरक्षा, कर्मचारीको व्यवस्थापन गर्न सक्नु सबैभन्दा बढी चुनौती रहेको उनले बताए ।

 

 

‘लेकसाइडलाई चौबिसै घन्टा खोल्ने भनेर यसअघि पनि स्थानीय तहमा निर्णय भएको हो, तर, कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘एकजना सुरक्षा प्रमुखले गरेको निर्णय अर्कोले कार्यान्वयन नगर्दा पनि लागू नभएको हो । राज्यले साँच्चै चाहेको हो भने लागू हुनसक्छ । तर, अहिलेकै अवस्थामा नभई सुधार गर्नुपर्छ ।’

 

 

अर्का व्यवसायी वैभव पौडेलले ‘पर्यटकीय क्षेत्र चौबिसै घन्टा सञ्चालन गर्नु निकै राम्रो हो । तर, अहिलेको परिस्थितिमा लेकसाइडलाई चौबिसै घन्टा खुला राख्न सहज छैन,’ उनले ‘सरकारले सुरक्षा व्यवस्था त मिलाउला । तर, व्यवसायीका आफ्नै समस्या छन्, जुन निकै अप्ठेरा छन् ।’ दक्ष जनशक्ति अभाव, पाहुना आगमन नबढ्दा आम्दानी घट्नु, कामदार व्यवस्थापन मुख्य समस्या रहेको उनले बताए ।

 

 

पोखरा लेकसाइडमा रहेको व्यञ्जन रेष्टुरेण्ट एण्ड बारका सञ्चालक समेत रहेका पौडेलले मध्यरातमा रेस्टुरेन्ट आउने पाहुना हुँदैनन्, अनि कर्मचारी राखेर मात्र अर्थ रहँदैन,’ उनले भने, ‘अहिले त राति ११ बजेपछि प्रहरी नै रेष्टुरेण्ट बन्द गराउन आइपुग्छ ।’ उनका अनुसार अहिले रेस्टुरेन्टमा आठ घन्टाको दरमा दुई ‘सिफ्ट’मा कामदार रहन्छन् । चौबिसै घन्टा खुलाउँदा बढाएर तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ । पाहुना अभाव भएर आम्दानी घटिरहेका बेला कामदार बढाउँदा व्यवसायीलाई आर्थिक भार थपिने उनले बताए ।

 

 

पौडेलको अनुभवमा चौबिसै घन्टा खुलाउँदा रेस्टुरेन्ट व्यवसायी खुसी भए पनि होटल व्यवसायी दुःखी हुनेछन् । कारण–होटलमा बसेका पाहुनालाई रेस्टुरेन्टमा हुने आउजाउ र हल्लाले बाधा पार्नेछ ।

 

 

होटल बाराहीका म्यानेजर राजकुमार केसी ठूला होटलले अहिले नै चौबिसै घन्टा सेवा दिएको बताए । होटल खुले पनि होटलभित्रै सञ्चालित रेस्टुरेन्टमा भने राति अबेर आएका पाहुनाले चाहेको खाना नपाउने उनले बताए । ‘राति अबेर आउँदैमा पाहुना भोकै बस्नुपर्ने होइन, तर सामान्य अवस्थामा जस्तो चाहेको खाना राति अबेर आउने पाहुनाले पाउँदैनन्,’ केसीले भने, ‘चौबिसै घन्टा एकैनासको सेवा कसैले दिन सक्दैन । विदेशमा पनि अबेर रातको भिन्दै ‘मेनु’ हुन्छ ।’

 

 

ठूला होटलले रातभर सीमित सुविधा दिए पनि लेकसाइडमा सबै होटलले अबेर आउने पाहुनालाई सेवा दिन नसकेको उनले बताए । ‘साना होटलले राति अबेर खानासमेत दिन सक्दैनन्,’ उनले भने, ‘त्यसैले होटलभन्दा पनि अब चौबिसै घन्टा रेस्टुरेन्ट खुलाउन सक्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?