भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३४ पटक हेरिएको
Shares
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित

सारांश

  • प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ ।
  • झडपमा पूर्ववडाध्यक्ष कृष्णराम थुसा, प्रकाश थुसा, केशव सत्ता, चन्द्रकेशरी कुसाथा, रामदेवी थुसालगायत १२ जना घाइते भएका छन् ।
  • भोलाछेंस्थित मतदान केन्द्रको करिब २०० मि नजिक भएको सो घटनाका कारण मतदान प्रक्रियामा कुनै अवरोध नआएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताए ।

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा पूर्ववडाध्यक्ष कृष्णराम थुसा, प्रकाश थुसा, केशव सत्ता, चन्द्रकेशरी कुसाथा, रामदेवी थुसालगायत १२ जना घाइते भएका छन् । भोलाछेंस्थित मतदान केन्द्रको करिब २०० मि नजिक भएको सो घटनाका कारण मतदान प्रक्रियामा कुनै अवरोध नआएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताए । उनले भने, “मतदान केन्द्र नजिक सामान्य विषयमा झडप भए पनि मतदान प्रक्रिया सुचारु भइरहेको छ ।”

भोलाछेंस्थित मतदान केन्द्र बाहिर मतदातालाई मतदाता नं र क्रमसंख्या भिडाएर सहयोग गरिरहेका स्वयंसेवीलाई मतदानस्थल अवलोकनका लागि पुग्नुभएका भक्तपुर क्षेत्र नं १ प्रदेशसभा खमा वाम गठबन्धनका उम्मेदवार रोमन शिलाकारको टोलीमा सहभागीले एक्कासि आक्रमण गरेको नेपाल क्रान्तिकारी युवा संघका पूर्वअध्यक्ष प्रकाश थुसाले बताए ।

उनले भने, “स्वयम्सेवीहरूले कुनै पार्टीको प्रचार गरिरहेको होइन भन्दा पनि कुरै नसुनी ती उम्मेदवारसँग आएका गुण्डाहरूले महिला, वृद्धवृद्धा केही नभनी हातपात गरे, स्वयम्सेवीहरूलाई बचाउने क्रममा ममाथि पनि आक्रमण भयो ।”

एमालेका जिल्ला नेता बालमुकुन्द सुवालले नेमकिपाबाट मतदातालाई प्रभावित गर्ने प्रयास भइरहेको अवस्थामा सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
नाइजेरियामा ११ जना बन्दुकधारी मारिए
नाइजेरियामा ११ जना बन्दुकधारी मारिए
पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक
पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
नेप्सेमा यी कम्पनीका शेयर सुचीकृत
नेप्सेमा यी कम्पनीका शेयर सुचीकृत
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी

तपाईंले छुटाउनुभयो कि?