दाङको सगरमाथा सिमेन्ट उद्योगमा आगलागी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
दाङको सगरमाथा सिमेन्ट उद्योगमा आगलागी

सारांश

  • घोराही,  १२ पौष ।
  •  दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा आज आगलागी भएको छ।
  • घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्रिजको निर्माणाधीन क्लिङ्कर स्टक पाइल (सिएसपी) भवनमा विद्युत चुहावट भई आगो लागेको उद्योगले जनाएको छ।

घोराही,  १२ पौष । दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा आज आगलागी भएको छ। घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्रिजको निर्माणाधीन क्लिङ्कर स्टक पाइल (सिएसपी) भवनमा विद्युत चुहावट भई आगो लागेको उद्योगले जनाएको छ।

आगलागीबाट निर्माण सामाग्रीका साथै वेल्डिङ मसिन ५ वटा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। आगलागीमा वेल्डिङ गर्दा प्रयोग हुने ३ थान ग्यास सिलिन्डर विस्फोट भएको थियो।

आगो नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहायताले नियन्त्रणमा लिएको उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले जानकारी दिए। आगलागीबाट कति क्षति भयाे भन्ने खुलेकाे छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?