सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम

सारांश

  • काठमाडौं, १२ वैशाख  ।
  • प्रधानमन्त्री केपी शर्मा अाेली नेतृत्वकाे सरकारलार्इ एक महिनाकाे अल्टिमेटम दिएकाे छ ।
  • गाउपालिकाका जनप्रतिनीधिहरुको छाता संस्था गाविस महासंघले स्थानीय तहमा कर्मचारी खटाउनका लागि केन्द्रीय सरकारलाई एक महिनाको अल्टीमेटम दिएको हाे ।

काठमाडौं, १२ वैशाख  । प्रधानमन्त्री केपी शर्मा अाेली नेतृत्वकाे सरकारलार्इ एक महिनाकाे अल्टिमेटम दिएकाे छ ।

गाउपालिकाका जनप्रतिनीधिहरुको छाता संस्था गाविस महासंघले स्थानीय तहमा कर्मचारी खटाउनका लागि केन्द्रीय सरकारलाई एक महिनाको अल्टीमेटम दिएको हाे ।

एक महिना भित्र कर्मचारीहरुको व्यवस्थापन नगरे स्थानीय सरकार आफैंले संविधान बमोजिम कर्मचारी व्यवस्थापन गर्ने चेतावनी गाउँपालिका महासंघले दिएको छ । महासंघले कर्मचारी अभावमा गाउँपालिकाहरुमा काम गर्न समस्या परेको र जनप्रतिनीधिहरु असफल बन्न खतरा बढेको भन्दै तत्काल कर्मचारीको व्यवस्थापन गर्न केन्द्र सरकारलाई भनेको हो ।

गाउँपालिका महासंघको नवनिर्वाचित नेतृत्वको पहिलो बैठकले एक महिनाभित्र सरकारले कर्मचारी नदिएमा संविधानको व्यवस्था अनुसार स्थानीय सेवा ऐन जारी गरी कर्मचारी भर्ना गर्ने निर्णय लिएको महासंघका महासचिव बंशलाल तामाङले जानकारी दिए । उनले संविधानले स्थानीय सरकारलाई सेवा ऐन जारी गर्ने अधिकार दिएको पनि बताए ।

यसैगरि महासंघले सरकारले तय गरेको जनप्रतिनिधिको मर्यादाक्रमप्रति समेत आपत्ति जनाएको छ । निर्वाचित जनप्रतिनिधिलाई हिनताबोध गराउने ढंगले कर्मचारीभन्दा तल्लो मर्यादामा राखिएको भन्दै महासंघले यसको पुनरावलोकनको माग गरेको छ । संविधानले गाउँपालिका नगरपालिकालाई समान हैसियत प्रदान गरे पनि वरियताक्रम निर्धारण गर्दा नगरपालिकाका मेयरभन्दा गाउँपालिका अध्यक्षलाई निकै तल राखिएको गुनासो महासंघको छ । महासंघले वडाध्यक्षहरुसम्को वरियताक्रम निर्धारण गर्न पनि माग गरेको छ ।

यसैबीच गाउँपालिका महासंघले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुका लागि १७ बुँदे सदाचार नीति बनाएको छ । जनप्रतिनिधिका काम कारवाही पारदर्शी, जनउत्तरदायी र निष्पक्ष बनाउन महासंघले सबै वडा सदस्यदेखि गाउँपालिका अध्यक्षसम्मलाई सदाचार नीतिमा बाँध्न खोजेको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hem Moktan

    Good job bansalal baje

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?