लोकप्रिय गायिका मनमाया वाईबाको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
लोकप्रिय गायिका मनमाया वाईबाको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

सारांश

  • गायिका मनमाया वाईबाको ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक लोकप्रिय गायिका मनमायाको ‘लाहुरे दाईको पल्टने झोला’ (भिडियो सहित) मनमाया वाईबा र नेत्र भण्डारीको ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक मनमाया र नेत्रको ‘लाहुरे दाईको पल्टने झोला’ बजारमा (भिडियो सहित) काठमाडौं – पछिल्लो समय निकै लोकप्रिय बन्दै आएकी ब्यस्त गायिका मनमाया वाईबाको नयाँ वोलको गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ ।
  • निकै मौलीक र झ्याउरे भाकामा तयार भएको उक्त गीत गायिका मनमायाको आफ्नै अफिसिएल युट्युव च्यानल ‘मनमाया वाईबा’मार्फत सार्वजनिक भएको हो ।
  • गीतमा गायिका मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको सुमधुर स्वर रहेको छ ।

गायिका मनमाया वाईबाको ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक
लोकप्रिय गायिका मनमायाको ‘लाहुरे दाईको पल्टने झोला’ (भिडियो सहित)
मनमाया वाईबा र नेत्र भण्डारीको ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक
मनमाया र नेत्रको ‘लाहुरे दाईको पल्टने झोला’ बजारमा (भिडियो सहित)

काठमाडौं – पछिल्लो समय निकै लोकप्रिय बन्दै आएकी ब्यस्त गायिका मनमाया वाईबाको नयाँ वोलको गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ ।
निकै मौलीक र झ्याउरे भाकामा तयार भएको उक्त गीत गायिका मनमायाको आफ्नै अफिसिएल युट्युव च्यानल ‘मनमाया वाईबा’मार्फत सार्वजनिक भएको हो ।

गीतमा गायिका मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको सुमधुर स्वर रहेको छ । ‘लाहुरे दाईको पल्टने झोला’लाई सर्जक तथा गायक रबिन लामिछानेले लेखेका हुन् भने गायक भण्डारीले लय शंकलन गरेका हुन् । जसमा सर्जक तथा गायक रबिन लामिछाने र गायिका मनमाया वाईबाको थेगो रहेको छ ।

यस गीत ‘लाहुरे दाईको पल्टने झोला’मा निकै मिठा शब्दहरु छनौट गरिएको छ । जसमा हाम्रै गाउँघर पाखापखेरीका साथमा पल्टने लाहुरेको कुरालाई समावेश गरिएको छ भने निकै मौलीकपन झल्कने म्यूजिक भिडियो निर्माण गरिएको छ ।
सुरेश वाईबाले निर्माण गरेको उक्त भिडियोलाई नृत्य निर्देशक तथा मोडल उमेश गुरुङले निर्देशन गरेका छन् । जसमा मोडल रिना थापा मगर, रितु तामाङ, किस्मत तामाङ र सुरेश वाईबाको शसक्त अभिनय तथा नृत्य रहेको छ ।
उक्त गीतको म्यूजिक भिडियोलाई हरि नारायण चौधरीले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । गीत निकै राम्रो बनेकोमा गायिका मनमाया वाईबा ढुक्क रहेकी छन् । उनी भन्छिन्, ‘मौलीक परिवेशमा निमार्ण भएको यस झ्याउरे गीतले नेपाली दर्शक स्रोतालाई भरपुर मनोरञ्जन त प्रदान गर्ने नै छ भने फेरी एक पटक दर्शक–स्रोताहरुको मन जित्ने छु ।’

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?