समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।

सारांश

  • गोरखा: क्षेत्र नं.
  • २ का मतदाताले समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ गाेरखा मा काङ्ग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सम्बोधन  गरेकाे बेला भनेकाे भनाइ  हाे याे ।
  • चुनावी तालमेल गरेका नेपाली काङ्ग्रेस र नयाँशक्ति नेपालले गोरखामा अलग अलग चुनावी प्रशिक्षण कार्यक्रम गरेका छन्।

गोरखा: क्षेत्र नं. २ का मतदाताले समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ गाेरखा मा काङ्ग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सम्बोधन  गरेकाे बेला भनेकाे भनाइ  हाे याे ।

चुनावी तालमेल गरेका नेपाली काङ्ग्रेस र नयाँशक्ति नेपालले गोरखामा अलग अलग चुनावी प्रशिक्षण कार्यक्रम गरेका छन्। तालमेल गरेको भनिएपनि दुईपार्टीले शनिबार फरक फरक ठाउँमा प्रशिक्षण कार्यक्रम गरेका हुन्।

काङ्ग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले करिब आधा घण्टा सम्बोधन गरेका थिए।नयाँशक्तिले आयोजना गरेको कार्यक्रममा पनि  चीनकाजी श्रेष्ठले करिब आधाघण्टा सम्बोधन गरेर फेरि अलगअलग कार्यक्रममा सहभागी थिए।

काङ्ग्रेसको प्रशिक्षणमा क्षेत्र नं. २ का उम्मेद्वार बाबुराम भट्टराईले जयनेपाल भनेर सम्बोधन गर्न सुरु गरेका थिए।  ‘काङ्ग्रेसले आँखा चिन्हमा र नयाँशक्तिले रुखचिन्हमा भोट हाल्दैनन् भन्ने प्रतिपक्षीहरुले दुश्प्रचार छरेका छन्। त्यस्तो होइन।

क्षेत्र नं. २ का मतदाताले समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ उनले भने ‘हामीले बामलोकतान्त्रिक धार अघि बढाएका हौं । राष्ट्रिय औद्योगिक पुँजीवादलाई टेकेर समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो।’ उनले नयाँशक्तिका मतदाताले क्षेत्र नं. १ मा प्रत्यक्षतर्फका उम्मेद्वार काङ्ग्रेसका चीनकाजी श्रेष्ठलाई नै मतदान गर्ने स्पष्ट पारे।

त्यस्तै नयाँशक्तिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै क्षेत्र नं. १ का काङ्ग्रेसका उम्मेद्वार चीनकाजी श्रेष्ठले बाबुराम भट्टराईको प्रसंसा गर्दै काङ्ग्रेसले भट्टराईलाई मतदान गर्ने बिषयमा शंका नगर्न स्पष्ट पारे।

क्षेत्र नं. २ मा बामगठबन्धन बाट उम्मेद्वार नारायणकाजी श्रेष्ठ र  लाेकतान्त्रिक गठबन्धन बाट भट्टराई चुनाबि दाैडमा छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?