सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली

सारांश

  • काठमाडौं।
  • ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ।
  • तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा टोली खटिएको हो।

काठमाडौं। ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ।

तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा टोली खटिएको हो।

यो टोलीले उम्मेदवारको खर्चको सीमा, आचाारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता विषयमा अनुगमनको जिम्मेवारी पाएको छ।

खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीयरुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह-पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?