राणा समुहले बनायो नयाँ रणनिति आज राप्रपाको बैठक बस्दै,,
सारांश
- , ३ साउन ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
- काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्न थालेको हो ।
, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्न थालेको हो । बैठकमा भोलि बुधबारदेखि सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको तयारीका विषयमा छलफल हुनेछ ।
राप्रपाका नेता दिलानाथ गिरीले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी भित्र देखिएको केही समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताउनुभयो ।
‘भोलिदेखि केन्द्रीय कार्यसमितिको बैठक सुरु हुँदैछ’, उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिको बैठकको तयारी र पार्टीभित्र देखिएको असन्तुष्टिलाई कसरी समाधान गर्ने भन्नेबारेमा छलफल हुनेछ ।’
राप्रपामा वरिष्ठ नेता पशुपति शम्शेर राणा समूहले अध्यक्ष कमल थापाले पार्टीलाई भताभुङ्ग बनाएको भनेर असन्तुष्टि जनाउँदै आएको छ ।
स्रोतका अनुसार राणा समूहले आजको कार्यसम्पादन समितिको बैठक बहिष्कार सम्मको चेतावनी दिएको छ । राणा समूह अध्यक्ष थापालाई असहयोग गर्ने रणनीतिमा पुगेको स्रोतको भनाइ छ
प्रतिक्रिया