वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना

सारांश

  • लुम्बिनी स्थित नेपाल वज्रयान महाविहारमा विभिन्न वज्रयान अन्तर्गत पूजा गरिने विभिन्न देवदेवीहरुको स्थापना गर्ने क्रममा हालै सहस्रभुज लोकेश्वरको मूर्ति स्थापना गरिएको छ ।
  • मूर्ति स्थापना गर्ने क्रममा ३ दिनको विशेष पूजा वज्रधातुमण्डल, प्रतिस्था पूजा र विसर्जन पूजा गरिएको थियो ।
  • यसमा पहिलो दिन कलश शोधन, दोस्रो दिन होम गरी मूर्ति प्रतिस्था गरिएको थियो ।

लुम्बिनी स्थित नेपाल वज्रयान महाविहारमा विभिन्न वज्रयान अन्तर्गत पूजा गरिने विभिन्न देवदेवीहरुको स्थापना गर्ने क्रममा हालै सहस्रभुज लोकेश्वरको मूर्ति स्थापना गरिएको छ ।

मूर्ति स्थापना गर्ने क्रममा ३ दिनको विशेष पूजा वज्रधातुमण्डल, प्रतिस्था पूजा र विसर्जन पूजा गरिएको थियो । यसमा पहिलो दिन कलश शोधन, दोस्रो दिन होम गरी मूर्ति प्रतिस्था गरिएको थियो । मूर्ति प्रतिस्था गर्दा दशकर्म पूजा गर्ने गरिन्छ । पूजा समाप्ति पछि गुरुजुले गणचक्र भनि चर्या नृत्य पनि देखाउने गरिन्छ ।

पूजाको अन्तिम दिन विसर्जन पूजा गरेर पहिलो दिन स्थापना गरेको कलशबाट जलधारा बगाउने चलन रहेको छ । पूजाको अन्त्यमा गुरुजुले जजमान तथा उनका परिवारलाई टिका लगाइ दिएका थिए ।

दाता द्रव्यरत्न तुलाधर र उनको परिवारले उक्त मूर्ति विहारलाई दान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?