एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
सारांश
- बागलुङ, १ बैशाख ।
- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले एक दशकभित्र समृद्ध नेपाल निर्माणको संकल्प गर्न सबैलाई आव्हान गरेका छन् ।
- शनिवार बाग्लुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीब्र आर्थिक विकास गर्ने संकल्प गर्न आव्हान गरेका हुन् ।
बागलुङ, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले एक दशकभित्र समृद्ध नेपाल निर्माणको संकल्प गर्न सबैलाई आव्हान गरेका छन् ।
शनिवार बाग्लुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीब्र आर्थिक विकास गर्ने संकल्प गर्न आव्हान गरेका हुन् ।
“विकासको निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबिना तीव्र आर्थिक विकास हुन सक्दैन । त्यस कारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौं”, उनले भने, “निजी सार्वजनिक र सहकारीको सहकार्यबाट हामी आउने एक दशकभित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने संकल्प गरौँ, म सबैलाई आव्हान गर्न चाहन्छु ।”
अध्यक्ष प्रचण्डले समृद्धिको यात्राका लागि राष्ट्रिय एकतालाई केन्द्रमा राखेर लाग्न प्रतिपक्षी दललाई पनि आव्हान गरे । “एकता नबनेको भए न १२ बुँदे समझदारी, न शान्ति सम्झौता हुन्थ्यो, न त संविधान, सङ्घीय गणतन्त्र, ३ तहको सरकार, विकासको निम्ति राष्ट्रिय संकल्प नै हुने थियो”, उनले भने, “हामी अहिले पनि विकासको एजेन्डामा, निर्माणमा, समृद्धिमा, स्थायित्वमा कोही सत्तापक्ष र प्रतिपक्ष होइनौँ । हामी राष्ट्रिय एकतालाई केन्द्रमा राखेर विकासको काममा हातेमालो गर्न सत्तापक्ष वा वामगठबन्धन त्यसको लागि सहकार्य गर्न तयार छ ।”
नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकोले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ संविधान बनेपछि त्यो स्थितिको अन्त्य भएको बताए । “एउटा सरकारले अगाडि सारेका कामहरू अर्को सरकारले आएर भत्काइदिने र अर्को नयाँ योजना अगाडि सार्दा नेपाली जनता जहिले पनि अन्योलमा जहिले पनि भ्रममा रहनुपर्ने बडो विचित्रको विडम्बना पनि हामीले भोग्यौं”, उनले भने, “नेपालको इतिहासमा यी सबै चुनौतिहरुलाई पार गर्दै नयाँ राष्ट्रिय एकता कायम गर्ने र नयाँ वातावरण निर्माण गर्ने संघीयताको, गणतन्त्रको, समावेशिताको, समानुपातिकताको, विकासका लागि शिक्षालाई, स्वास्थ्यलाई, रोजगारीलाई मौलिक अधिकारको रूपमा व्याख्या गरेको संविधान निर्माण गरेका छौँ । यसले धनी र गरिबको बीचको दूरी घटाउने कुरा गरेको छ ।”
अध्यक्ष प्रचण्डले २०७५ साल विदेशमा रहेका नेपाली युवाहरू देशभित्रै फर्कने शुरुवाती वर्षको रूपमा हेर्न पनि अपिल गरे । “देशबाहिर रहेका सम्पूर्ण नेपालीलाई अब नेपालभित्रै रोजगारी सृष्टि गर्ने र आर्थिक विकासका गति प्रदान अभियान चलेको छ”, उनले भने, “यो नयाँ वर्ष नेपाली युवाहरू देशभित्रै फर्कने वर्षको रूपमा हेर्नका लागि अपिल गर्दछु ।”
Ganesh Bhandari
Tagada le vaner khi hune wola xain jyan Mara Des Lai jatiye don’t Ra bivajan garko Xas kukur