वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१२१ पटक हेरिएको
Shares
वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने

सारांश

  • सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ ।
  • छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् ।
  • छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्छन् ।

सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ ।

छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्छन् । ‘आयमुलक कार्यक्रम, सीपमुलक योजना, निःशुल्क स्वास्थ्योपचार, शिक्षामा पहुँच र खाद्यान्नको प्रवन्धजस्ता सामाजिक सुरक्षाका विषयमा सहमति जुटेपटि गरिबी पहिचान–पत्र वितरण थालिने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताए ।

मानव विकास सूचकांक, प्रतिव्यक्ति आयसहितका आधारमा तथ्यांक विभागले निकालेको गरिब जिल्लाको सूचीलाई पछ्याउँदै गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरेको पछिल्लो सर्वेक्षणमा बाजुरा जिल्ला गरिबीको सूचीमा सबैभन्दा पछाडि छ ।

बाजुरामा ६४ प्रतिशत बासिन्दा गरिबीको रेखामुनी छन् । बाजुरापछिको गरिबी सूचकांकमा कालिकोट (५७.९), बझाङ (५६.८), हुम्ला (५६), जुम्ला (४९), अछाम (४७.२), मुगु (४७.१) र डोल्पा (४२.८) रहेका छन् ।

मधेसको सिरहामा ३४.६ प्रतिशत र रौतहटमा ३३. ४ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?