दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

सारांश

  • चितवन, ३१ वैशाख, नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् ।
  • अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् ।
  • क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन् ।

चितवन, ३१ वैशाख, नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् ।

अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन् ।

दाहालले आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । कार्यालयकी सचिव निशा न्यौपाने अधिकारीका अनुसार विभिन्न शीर्षकमा अर्बौं रुपैयाँ बजेट बराबरका योजना कार्यालयमा माग भई आएका छन् । उहाँका अनुसार सडक, ढल निकास, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन, रोजगारलगायतका शीर्षकमा योजना माग गर्दै जनसम्पर्क कार्यालयमा निवेदन परेका हुन् ।

कार्यालयमा आएका निवेदनमध्ये साना सिँचाइ आयोजनाका लागि धेरै निवेदन परेका छन् । निवेदनमा साना बोरिङ हातेट्र्याक्टरलगायतका पाँच हजार थान माग गरिएको छ । सबैभन्दा कम आधारभूत विद्यालय शिक्षक दरबन्दी मिलानको रहेको छ । बृहत् सिँचाइका लागि खगेरी सिँचाइ र नारायणी लिफ्टको सञ्चालनका लागि दुई वटा निवेदन परेका छन् । कार्यालयमा आएका निवेदनमध्ये खानेपानीको ४७, सार्वजनिक शौचालयको ७०, माडीमा रहेका १३ खोलामा तटबन्ध माग, निकुञ्जको सीमामा ३८ किलोमिटर मेस जालिका लागि, भरतपुर महानगरपालिका वडा नम्बर १३, २४, २६, २७, २८ मा रहेका १४५ किलोमिटर सडक कालोपत्रेका लागि निवेदन परेका छन् ।

यस्तै संस्कृति संरक्षण र सम्बद्र्धनका लागि पाँच, पर्यटन विकासका लागि दुई, भरतपुर अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्न, माडी अस्पताल र वकुलहर अस्पतालको स्तरोन्नति गर्न, वडा नम्बर २५ मा २५ श्ययाको अस्पताल निर्माण गर्न, छ वटा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीको माग भएको उहाँले बताउनुभयो ।

कृषि विश्व विद्यालयको एक आंगिक क्याम्पस चितवनमा राख्न र अध्ययन गर्ने विद्यार्थीको कोटा थप गर्न शिक्षा क्षेत्रतर्फ माग भएको छ । पूर्वी चितवनको शक्तिखोरमा रहेको औद्योगिक क्षेत्रको विकास र व्यवस्थापन, घरेलु तथा साना उद्योग सञ्चालनका लागि सहयोग माग गरेर निवेदन आएको उहाँले बताउनुभयो ।

बढ्दो बेरोजगारीका कारण सचिवालयमा जागिरका लागि ३० वटा, एउटा रंगशाला र अन्य स–साना खेलकुद मैदान गरी १२ वटा, मठमन्दिर व्यवस्थापनका लागि ३६ वटा निवेदन परेका छन् ।

आर्थिक वर्ष शुरु हुन लागेको र बजेट तयार गर्ने समय भएकाले कार्यालयले सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिलाई आफ्ना विकासका योजना ल्याउनका लागि आग्रह गरेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
कोरोनाभाइरसको प्रकोप झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
कोरोनाभाइरसको प्रकोप झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव
ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा
माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा
३३ किलो सुन प्रकरण:  अभियुक्तलाई यो मुद्धा थपियो
३३ किलो सुन प्रकरण: अभियुक्तलाई यो मुद्धा थपियो

तपाईंले छुटाउनुभयो कि?