पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७३
|
|
१६७ पटक हेरिएको
Shares
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा

सारांश

  • प्युठान, २० माघ ।
  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ ।
  • वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १२ गते छैठौ जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ ।

प्युठान, २० माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १२ गते छैठौ जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ । बुधबार जिल्लाको बाग्दुलामा बसेको बिस्तारित बैठकले कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा अधिबेशन गर्ने निर्णय गरेको हो। अधिबेशन सफल पार्न बैठकले बिभिन्न उपसमिती समेत गठन गरेको छ। जस अनुसार प्रचारप्रसारका लागि नोमराज पौडेल संयोजक रहेको ११ सदसिय प्रचार प्रसार समिती गठन गरिएको छ। जस्मा केशररोका,सुजल श्रेष्ठ,सलिम अन्सारी,सिटि पोख्रेल,लोकेन्द्र सुनार,जुमानसिंं केसी,शसिधर भण्डारी,एलिसा बस्नेत,सृजना सेन र नर्मदा भट्ट सदस्य रहेका छन । अधिवेसनमा निर्वाचनका लागि डा. शिबराम पण्डितको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसको सदस्यहरुमा खुम बहादुर थापा र राम प्रसाद पौडेल जल रहनुभएको छ । त्यसैगरि वैठकले नेपाल पत्रकार महासंघले दिदैआएको उत्कृष्ट पत्रकारिता पुरस्कार र महासंघ मार्फत दिईने अन्य पुरस्कारको छनोटकोलागि पनि सम्मान तथा पुरुस्कार छनौट उपसमिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष गिरु प्रसाद भण्डारिको संयोजकत्वमा महासंघका पुर्बअध्यक्ष सुशील पोख्रेल र संजय रिजाल सदस्य रहेको ३ सदस्यीय उक्त समिति गठन गरिएको हो । त्यस्तै महासंघको आगामी नेतृत्व सर्बसहमत बनाउन आवाश्यक छलफल र गृहकार्यका लागि सुशील पोख्रेल संयोजक्तवमा तीन सदस्य कार्यदल पनि गठन गरिएको छ।कार्यदलमा अग्रज पत्रकार इमानसिहँ भारती र गिरुप्रसाद भण्डारी सदस्य रहेको अधिबेशन मुल आयोजक समितिले जनाएको छ। पत्रकार महासंघ प्युठानका अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षता रहेको वैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रिय पार्सद, सल्लाहकारका साथै जिल्लामा क्रियाशिल पेशागत संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि बिशेष उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो २४ घण्टामा ५३१६ कोरोना संक्रमित थपिए
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
पार्टी मिल्यो तर मिलेनन् नेता
पार्टी मिल्यो तर मिलेनन् नेता
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
स्याङ्जामा विवाह अगावै यौन सम्पर्क , गर्भपतन गर्नेमा किशोरी झनै बढी
स्याङ्जामा विवाह अगावै यौन सम्पर्क , गर्भपतन गर्नेमा किशोरी झनै बढी
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
सचिव सापकोटा लगायतले कर्मचारीलाई काजमा पठाउन लिएको ‘घुस’ खेर जाने भो
सचिव सापकोटा लगायतले कर्मचारीलाई काजमा पठाउन लिएको ‘घुस’ खेर जाने भो
अपराधको सफल अनुसन्धान गर्न निर्देशन
अपराधको सफल अनुसन्धान गर्न निर्देशन
लामाे उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कँदै
लामाे उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कँदै

तपाईंले छुटाउनुभयो कि?