वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

सारांश

  • रामपुर, पाल्पा, १९ असोज  ः अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ ।
  • वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बस्नुभएकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थाल्नु भएको छ ।
  • भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गर्नुभएको हो ।

रामपुर, पाल्पा, १९ असोज  ः अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ ।

वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बस्नुभएकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थाल्नु भएको छ ।

भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गर्नुभएको हो । वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उहाँले बारीमा चार सय बोट कागती लगाउनुभएको र यसलाई बढाएर पाँच सय बोट पु¥याउने लक्ष्य लिनुभएको छ । भण्डारीले १५० बोट कागतीबाट झण्डै रू एक लाख ५० हजार बराबरको आम्दानी गरेको बताउनुभयो । घरबाटै प्रतिकेजी सयमा धमाधम कागती बिक्री भइरहँदा उहाँ आफँै व्यवसायमा दङ्ग पर्नुभएको छ । सबै बोट उत्पादनशील भएपछि वार्षिक रू २० लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“विगतमा बारीभरि नै तरकारी, अन्नबाली, गेडागुडी लगायो, एक पाथी पनि स्याहार्नै पाइँदैनथ्यो, सबै बाँदर, दुम्सी, खरायो, मृगले खाएर सताउँथ्यो”, उहाँले भन्नुभयो, “बालीनाली लगाएपछि दिनरात बारीमै कुरेर बस्नुपथ्र्यो, अहिले कागती लगाएपछि वन्यजन्तुको डर पनि छैन आम्दानी पनि भइराखेको छ ।”
उहाँ मात्रै होइन गाउँका झण्डै २० कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका छन् । कागतीको बजार मूल्य राम्रो भएपछि यहाँका कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता
वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता
बिरगंज महानगरमा  राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
बिरगंज महानगरमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
‘Taarak Mehta Ka Ooltah Chashmah’ actress Babita aka Munmun Dutta’s father passes away!
‘Taarak Mehta Ka Ooltah Chashmah’ actress Babita aka Munmun Dutta’s father passes away!
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?
छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा
छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा
मानो रोपेर मुरी फलाउने दिन गए
मानो रोपेर मुरी फलाउने दिन गए
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?