एसीसी यू–१९ इस्टर्न रिजनः नेपाल १० विकेटले विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
एसीसी यू–१९ इस्टर्न रिजनः नेपाल १० विकेटले विजयी

सारांश

  • काठमाडौं ।
  • मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले शानादार जित हासिल गरेको छ।
  •  क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले शानादार जित हासिल गरेको छ। क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस जितेर बलिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै चीनलाई ५३ रनमै समेटेको थियो।

चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए। उनले ९.१ ओभर बलिङ गर्दै १९ रन दिएका थिए । यस्तै तिलक राज भण्डारीले ३ विकेट लिएका थिए भने कमल सिंह ऐरीले १ विकेट लिएका थिए। चीनका गुहाओ गाओ र लियङ छेनले समान १३÷१३ रन बनाएका थिए भने अन्य कुनै पनि खेलाडीले दाहोरो रन बनाउन सकेका थिएनन्।

५४ रनको झिनो लक्ष्य पाएको नेपालले ५ ओभरमा बिना विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा पवन सर्राफले सर्वा्धिक ४६ रन बनाए। उनले २१ बल खेलेर ६ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै अर्का ओपनर १० रन बनाए। जितसंगै नेपाल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो ।

योसंगै दुवै खेलमा पराजित हुदै चीन प्रतियोगिताबाट बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर भिड्नेछन् । सोही खेलले समुह विजेता टोलीको टुङ्गो लगाउनेछ । जितसंगै नेपाल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?