एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची

सारांश

  • काठमाडौँ,२ पुस ।
  • जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ ।
  • हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।

काठमाडौँ,२ पुस ।जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने बताएका छन् ।

पछिल्लो योजना बमोजिम एबीबीको विद्युत प्रसारण युनिट सन् २०२० को शुरुमै हिताचीले ७०४ अर्ब जापानी येनमा खरिद गर्नेछ, अर्थात् उक्त युनिटको कूल पूँजीको ८० प्रतिशत हिस्सा हिताचीको हुनेछ । “हामीले बाँकी शेयर पनि खरिद गर्नेछौं, र उक्त युनिट पूरै हिताचीको स्वामित्वमा आउनेछ ।” कम्पनीका प्रवक्ताले बताए ।

    यो पनि पढ्नुहोस्

एबीबीको विद्युत प्रसारण युनिटले विश्वका धेरै देशमा विद्युत प्रसारण उपकरण र विद्युत कन्ट्रोल सिस्टम निर्माण एवं सञ्चालन गर्दछ ।पछिल्लो सम्झौताले हिताचीलाई राजश्वका दृष्टिले भारी विद्युतीय उपकरण निर्माणमा विश्वकै दोस्रो ठूलो कम्पनीका रुपमा स्थापित गर्नेछ । पहिलो स्थानमा जनरल इलेक्ट्रिक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
कोरोनाभाइरसस् महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो
कोरोनाभाइरसस् महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
टाइमर मिलाउन नजान्दा १२ घण्टा अघि नै विष्फोट
टाइमर मिलाउन नजान्दा १२ घण्टा अघि नै विष्फोट
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
नेकपा सचिवालय बैठक पेरिसडाँडामा
नेकपा सचिवालय बैठक पेरिसडाँडामा
अर्को वर्षको सुरुमै कोरोनाको खोप आउने
अर्को वर्षको सुरुमै कोरोनाको खोप आउने
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय

तपाईंले छुटाउनुभयो कि?