छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 

सारांश

  • ईटहरी , ५ असार ।
  • ईटहरी र सुनसरीको मुख्य सहरको रुपमा रहेको ईटहरिमा पछिल्लो समय सिने गतिबिधि निकै हुने गरेको छ ।
  • बढ्दो सहरीकरण संगै देशमा भित्रिएको नयापन र शैलीबाट ईटहरि पनि टाढिन सकेको छैन ।

ईटहरी , ५ असार । ईटहरी र सुनसरीको मुख्य सहरको रुपमा रहेको ईटहरिमा पछिल्लो समय सिने गतिबिधि निकै हुने गरेको छ । बढ्दो सहरीकरण संगै देशमा भित्रिएको नयापन र शैलीबाट ईटहरि पनि टाढिन सकेको छैन ।

यस्तैमा सिने प्रेमीहरुको लागि ईटहरिमा एउटा मात्रै  सिनेमाघरहख भैरहेको अवस्थामा भने अब अर्को सिनेमा घर पनि संचालनमा आएको छ । एलाईट सिनेमा घरको नामबाट संचालनमा आएको यो हल केहि दिन अघिदेखि मात्र औपचारिक संचालनमा आएको हो । हलको ईटहरिका मेयर द्वारिकालाल चौधरीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।

आफ्नो आफ्नो हल संचालन गरेर बसेका प्रदिप र छविराज लगायतको टीममा संचालन भएको हल भने यो नै पहिलो हो । आफ्नै जग्गा लिएर नितान्त सिनेप्रेमिहरुको लागि मात्र भनेर सुरु गरिएको यो अत्याधुनिक सिनेमा घरमा २ ओटा सिनेमा हल छ । पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोश्रो हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने सो हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ ।

यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल संचालक मध्येका एक छविराज ओझाले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपालि फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ ।  

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Om Sagar Shrestha

    Hera paiso ko lila..esto dari,junga fuleko sita vrkhar ki kt le ni bihe grne rachan????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?