विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
  • सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राखे।

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राखे। ‘विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यसतर्फ बेलैमा सोच्ने र सोही अनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ।’

उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिए। उनले संसदको आउदो हिउँदे अधिवेशबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुनहरू पारित गर्ने सरकारको तयारी रहेको उल्लेख गरे।

उपप्रधानमन्त्री खड्काले सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताए। वर्तमान गठवन्धन  सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको उनको भनाइ थियो। 

उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगीताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गंगामायाले जुस पिएर अनशन तोडिन्
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी
प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी
खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छः राष्ट्रपति
खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छः राष्ट्रपति
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ