नेकपा एमाले ललितपुरमा उम्मेदवार सिफारिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नेकपा एमाले ललितपुरमा उम्मेदवार सिफारिस

सारांश

  • काठमाडौँ, २३ असोज नेकपा (एमाले) ललितपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्ना तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ ।
  • जिल्ला कमिटीको बैठकले निर्वाचन क्षेत्र नं १ मा पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।
  • सो क्षेत्रको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मधुसूदन पौडेल, पुरुषोत्तम हुमागार्इं र श्याममाया कार्कीको नाम सिफारिस भएको छ ।

काठमाडौँ, २३ असोज नेकपा (एमाले) ललितपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्ना तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ ।

जिल्ला कमिटीको बैठकले निर्वाचन क्षेत्र नं १ मा पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ । सो क्षेत्रको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मधुसूदन पौडेल, पुरुषोत्तम हुमागार्इं र श्याममाया कार्कीको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं २ मा कृष्णलाल महर्जनको नाम सर्वसम्मत भएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ । प्रदेशतर्फ १ नं को क निर्वाचन क्षेत्रमा उमेश शर्मा बजगार्इं, पुरुषोत्तम हुमागार्इं र कमलकुमारी श्रेष्ठ तथा ख मा चेतनाथ सञ्जेल, रामकृष्ण हुमागार्इं र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. २ को कमा माधव पौडेल र खका लागि अष्टवीर व्यञ्जनकार र श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ कका लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठ तथा खका लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापा मगर, स्वयम्भूराज डंगोल, सुकुमाया लामा र हरिकृष्ण थापा सिफारिस गरिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
बाढीले रेलको लिक समेत बगायो
बाढीले रेलको लिक समेत बगायो
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
आज सुनको मूल्य बढ्याे
आज सुनको मूल्य बढ्याे
यी प्रदेशमा भारी वर्षा हुँदै, सतर्कता अपनाउन आग्रह
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने

तपाईंले छुटाउनुभयो कि?