‘विकास बजेट कटौती नगरियोस्’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
‘विकास बजेट कटौती नगरियोस्’

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गरेका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गरे ।

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गरे ।

सांसद बद्री पाण्डेले बाजुरालाई केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको र सुदूरपश्चिम अझै भूकम्प आउने विशेषज्ञले बताइरहेका सन्दर्भमा यसको तयारीका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद ठाकुर गैरेले संसद्को हिउँदे अधिवेशन आज अन्तिम भन्ने सुनिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ कहिले दिनुहुन्छ भनी प्रश्न गरे । सांसद चन्दा कार्कीले राष्ट्रपति उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्नुपर्ने, प्र्रसूति गृहमा हेलिप्याड राख्ने व्यवस्था गर्नुपर्ने माग गरे ।

सांसद विश्वप्रकाश शर्माले झापामा हात्तीको आक्रमणबाट व्यक्तिको मृत्यु हुनेक्रम बढ्दो रहेको र वन्यजन्तु तथा बालीनाली विनाश गर्ने गरेको अवगत गराउँदै राहत प्रदान गर्न एवं समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गरे ।

सांसद रामहरि खतिवडाले अयोग्य लडाकुलाई जनही रु दुई÷दुई लाख रकम वितरण गर्न लागिएकोप्रति विरोध जनाउँदै आर्थिक मन्दी भएका बेलामा यो कार्य रोकिनुपर्छ भने । सांसद वासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । सांसद लालवीर चौधरीले किसानलाई समय मै मल र बीउको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
समानुपातिक निर्वाचनको ताजा दलगत स्थिति
समानुपातिक निर्वाचनको ताजा दलगत स्थिति
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण
बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
दलितलाई सहयोग गर्ने थपिँदै
दलितलाई सहयोग गर्ने थपिँदै
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?