१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा

सारांश

  • काठमाडौं ।
  • केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ।
  • ८० वटा गाउँपालिका र ५० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्।

काठमाडौं । केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ। ८० वटा गाउँपालिका र ५० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। ती स्थानीय तहमा तल्ला तहका कर्मचारीलाई निमित्त दिइएको छ।  

  प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा सञ्चालन भएका स्थानीय तहले प्रभावकारी कामसमेत गर्न सकेका छैनन्। 

 यसरी अधिकृत नजानुमा पालिकाका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृतसँग नमिली भ्रष्टाचार गर्न नसक्ने हुनाले आफूलाई मनपरेका र आफ्नो दल निकट प्रमुख प्रशासकीय अधिकृत मात्र लैजाने गर्दा प्रमुख प्रशासकीय अधिकृतको ठाउँ खाली रहेको जनाइएको छ।

स्थानीय तहका प्रमुखहरूले उनीहरूअनुकूलको प्रमुख प्रशासकीय अधिकृत नपठाए हाजिर गर्नसमेत नदिने प्रवृत्ति देखिएको छ।

कर्मचारी व्यवस्थापनको जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा छिटोभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाउने गृहकार्य थालिएको जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले भनेको समयमा कर्मचारी नपाउँदा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पूर्ति गर्न केही कठिन भएको बताए ।

उनले भने– ‘कर्मचारी अभाव भएको र लोक सेवा आयोगले भनेको बेलामा कर्मचारी व्यवस्थापन नगरिदिँदा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएकोे हो ।’

१ सय ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित हुने गरेको प्रशासनविद्हरूको भनाइ छ। यो समचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
नयाँ बन्धकको सूची सार्वजनिकः विपिन जोशीको नामपनि समावेश
नयाँ बन्धकको सूची सार्वजनिकः विपिन जोशीको नामपनि समावेश
आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ सुरु
आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ सुरु
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
२०१९ मा ऊर्जा ‘इनर्जीडिप्लोमेसी’देखि  लगानी विस्तारसम्म
२०१९ मा ऊर्जा ‘इनर्जीडिप्लोमेसी’देखि  लगानी विस्तारसम्म
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
यसो भने सन्दिपलाई बधाई दिँदै पारस खड्काले  ?
यसो भने सन्दिपलाई बधाई दिँदै पारस खड्काले ?
“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।
“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई

तपाईंले छुटाउनुभयो कि?