विदेशबाट चिनी ल्याउन रोक्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विदेशबाट चिनी ल्याउन रोक्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट चिनी ल्याएर उखु कृषकलाई समस्या परेको बताएका छन् ।
  • प्रधानमन्त्रीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट चिनी ल्याएर उखु कृषकलाई समस्या परेको बताएका छन् । प्रधानमन्त्रीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिएका छन् ।

व्यापारीहरुले छिमेकी देश बंगलादेश, भारतबाट सस्तोमा चिनी ल्याएर महंगोमा बेच्ने र देशका उखु किसानलाई भुक्तानी दिन नमान्ने समस्या बनाएका छन् । विदेशबाट चिनी ल्याउँदा स्वदेशमा उत्पादित चिनीले बजार नपाउँदा उखु किसान समस्यामा परेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

“उखु कृषकको समस्या पुरानै हो, अब यसलाई केही हिसाबले हल गर्नेपर्छ, तत्कालका लागि चिनी आयात रोकौ र पारी (भारत) बाट उखु ल्याउन पाइँदैन, र उद्योगीले उखु किन्दिन भन्न पनि पाउदैनन्, त्यसैले सीमा नाकामा पुरै कडाई गर्न म गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु”–प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउने गरी चिनीको आवश्यकता, खपत र कृषक एवं उद्योगीको समान हित हुनेगरी उपयुक्त ढंगले उखु र चिनीको मूल्य निर्धारण गरिने उल्लेख गर्नुभयो । “चिनीमा हामी आत्मनिर्भर हँुदैछौ, यो खुसीको कुरा हो, आत्मनिर्भर हुने बाटोमै जानुपर्छ, अहिले तपाईँ (व्यवसायी) को आँकडाअनुसार अर्को वर्ष नै आत्मनिर्भर भइहाल्दैनौँ, अलिकति कम हुन्छ, चिनी आयात सरकारले हैन व्यापारीले नै गरिराखेको हो । यो सरकार गठन भएदेखि नै उखु किसानको समस्याप्रति म गम्भीर भएर छलफल गरेको पनि हुँ । यो समस्या छिट्टै समाधान हुन्छ ।”

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कम्तिमा छ महिनाका लागि चिनी मौज्दात भएकाले तत्कालका लागि आयात रोकेर उखु कृषक तथा उद्योगसँग सम्बन्धित समस्या सधाधान गर्न सकिने धारणा राखे । उखु किसानको बाँकी भुक्तानी आगामी १५ दिनभित्र उपलब्ध गराइने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?