विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?

सारांश

  • काठमाडौं, १५ वैशाख ।
  • विकिनि किलर चार्ल्स शोभराज यतिबेला भक्तपुर जेलमा छन् ।
  • भर्खरै मुटुका शल्यक्रिया सकी उनी आराममा छन् ।

काठमाडौं, १५ वैशाख । विकिनि किलर चार्ल्स शोभराज यतिबेला भक्तपुर जेलमा छन् । भर्खरै मुटुका शल्यक्रिया सकी उनी आराममा छन् । उनकी नेपाली पत्नी निहिता विश्वास एकाएक चर्चामा आइन्, जेल विवाहका कारण । केही वर्ष अघि उनले भनेकी थिइन्,‘हाम्रो सेक्सलेस म्यारिज हो ।’

विकिनि किलर चार्ल्स शोभराज यतिबेला भक्तपुर जेलमा छन् । भर्खरै मुटुका शल्यक्रिया सकी उनी आराममा छन् । उनकी नेपाली पत्नी निहिता विश्वास एकाएक चर्चामा आइन्, जेल विवाहका कारण । केही वर्ष अघि उनले भनेकी थिइन्,‘हाम्रो सेक्सलेस म्यारिज हो ।’

केही महिना अघि शोभराजको मुटुको शल्यक्रिया भयो । उनलाई निहिताले धोका दिएको भन्ने हल्लाहरूको खण्डन त्यसबेला भयो जब शोभराजको उपचारका लागि उनी सक्रिय भइन् । रगत मागिन् । कसैले दिएन । दिने भनेर आएकाले पैसा मागे, त्यो पनि अत्यधिक ।

निहिता शोभराजकी वकिल सकुन्तला थापाकी छोरी हुन् । शोभराजकी दोभाषे पनि थिइन् । शोभराजलाई नेपाली अदालतले जेलबाट मुक्त गर्ने आधार तयार नपारेपछि निहिताले वकालतको अध्ययन गरेकी थिइन् । उनी अहिले अधिवक्ताको पढाई सकेर बसेकी छिन् । बेला मौका विरामी हुने निहिता भन्छिन्,‘अध्ययन सकियो तर नेपाली संयन्त्रमा कसरी वकालत गर्ने ?’

वास्तवमा शोभराजलाई न्याय दिलाउने विषयमा अदालत पनि पूर्वाग्रही जस्तो लाग्ने निहितालाई कानुनको हिसाबकिताब गर्न मन लाग्दैन । भन्छिन्,‘अब सामान्य हिसाबले नै अघि बढ्ने हो ।’

कसरी चर्चामा आइन निहिता ?
१२ महिलाको हत्या अभियोग लागेका ‘विकीनी किलर’को उपमा पाएर अहिले नेपाली जेलमा आजीवन कारावासको सजाय भोगीरहेका शोभराजसँगको दशक अघिको विवाहको समाचारले नीहिता चर्चा, कन्ट्रोभर्सी र गसिपको पात्र भइन् ।

क्यानडेली महिलाको हत्या अभियोगमा याक एन्ड यती होटलको क्यासिनोमा पक्राउ परेका शोभराजसँगको विवाहले नीहिताको फरक दुनियासँग परिचय भयो । देशीविदेशी मिडियामा उनको चर्चा भयो फलतः विवादास्पद पात्रहरू राखेर चलाइने भारतीय टेलिभिज शो विग बोसको ५ औं संस्करणमा पनि उनी पुगिन् । त्यसपछि उनी मिडियामा कहिँपनि बाहिर आइनन् ।

यदाकदा शोभराजको समाचारमा उनको नाममात्र जोडिएर आएपनि उनी कन्ट्रोभर्सीभन्दा टाढा बस्न थालिन् । आफ्नो अध्ययनलाई अगाडी सारिरहेकी उनले यसबीचमा नेपाल ल क्याम्पसबाट एलएलबी पास गरिसकेकी छिन् ।

स्नातकोत्तरको पनि तयारी गरिरहेकी छन् । फरक विचार, अलग सोच राख्ने नीहिताको मुस्कान उस्तै छ, जसरी उनी मुस्कुराएर बस्न चहान्थिन् ।
१, मे २००८ मा विवाह हुँदा नीहिता १९ र शोभराज ६६ वर्षका थिए । अहिले निहिता २९ र शोभराज ७६ पुगिसकेका छन् ।

यसरी भयो मेरो विवाह !
शोभराज भन्ने व्यक्ति को हो ? भन्ने मलाई थाहा थिएन । मैले एउटा मुद्दाको भाषा अनुवादकको काम गर्नुपर्ने थियो । मलाई जागिरका रूपमा कसैले त्यस्तो अफरको प्रस्ताव गरेको थियो । कलेजको परिक्षाको दिन थियो, त्यो सकेर म हतार हतार पुग्दापनि ढिलो भइसकेको थियो । फ्रान्सबाट आएको वकिलको भाषा अनुवादकका रूपमा शोभराजका लागि मैले काम गर्नुपर्ने रहेछ ।

त्यसदिन जागिर नभएपनि पछि शोभराजसँग मेरो कामको बारेमा कुराकानीको अवसर मिल्यो । पहिलो पटक जीवनमा कसैलाई देखेर निरन्तर ५ सेकेन्ड म अड्कीएकी थिएँ । दोस्रो पटक म कलेज ड्रेसमा गएको थिएँ । बुझ्नका लागि म शोभराज भएको जेलमा गएको थिएँ । म चाहीँ अड्कीएँ उसलाई देखेर, उ पनि अड्क्यो । तर, किन आँखा अड्क्यो ? थाहा भएन । अनि उनले मसँग कुरा गरेपछि जागिरको लागि पक्का भयो ।

निरन्तर कुराकानीका क्रम सुरू हुन थाले । जो मैले कुरा गर्दा घडी हेर्नुप¥यो, त्यो पहिलो व्यक्ति नै शोभराज थिए । मैले कहिले पनि मेरो विषयमा निर्णय गरिन । मेरी आमाले पनि अहिलेसम्म बुझ्नु हुन्न । तर, दुनियाँले शोभराजसँगको विषयलाई लिएर निर्णय गरे । अनेक प्रकारका अभियोगात्मक कुराहरू हुन थाले । म मेरो जागिरका लागि शोभराजसँगको कुराकानीमा अभ्यस्त थिएँ । त्यहाँ कुनै प्रेमको अंकुरचाहीँ पलाइसकेको थिएन । तर, बजारहल्ला अनेक हुन थाल्यो ।

मलाई कहिले लागेको थिएन विवाह गर्छु । स्कर्टभन्दा बाहेक मैले कहिले केटीजस्तो भइन । स्कर्ट पनि कलेज ड्रेस भएका कारणले लगाउने गर्दथें । शोभराजसँग बारम्बार कुरा हुन थाल्यो । सवैकुरा, सवैपक्षको कुरा हुन्थ्यो । दिनरातको कुरा हुन्थ्यो । त्यो सवै कुरा मिलिसकेपछि विवाहको सर्टिफिकेट नै हुने रहेछ भन्ने अहिले लाग्छ ।

मेरो शोभराजसँगको निकटता बढेसँगै शोभराजले मन परायो भन्ने हल्ला चलेको थियो । अनि मेरो अपहरणको योजना पनि बनेको थियो । त्यसपछि शोभराजसँग करोडको डिलका कुरा आए । अनि जेलभित्रबाट यस्तो समाचार निकाल्दिन्छु की तिमी मुख देखाउन पनि लायक रहन्नौ भन्ने धम्की पनि आयो । धम्की मात्र आएन पछि ‘शोभराजले नीहितालाई टङकिस गयो’ भन्ने समाचार छापिएरै आयो । म ममीको कारमा रोएँ ।

म सामान्य जीवनमा बाँच्न चहान्थें । शोभराजले भन्थे– तिम्रो नाम यसरी बाहिर नआओस् । ब्वाई फ्रेन्ड गर्लफ्रेन्ड बाहिर घुम्न जाँदा पक्रेर विवाह गरिदिने समाजले मलाई देखाउनु जरूरी छैन । अब त चुप लागेर बस भन्ने उत्तर मेरो थियो । टासी लामाको समुहबाट मलाई धम्की पनि आएको थियो, त्यहि क्रममा । अन्ततः यो दुनियाँ चुप लाग्छ की भनेर म विवाहको निर्णयसम्म पुगेकी थिएँ । एकातिर फरक विन्दुमा उभिएको बेला थियो, अर्कातिर यहि समाजको कुरा काट्ने दबाब पनि । दुवैको योग मिलेका कारण म विवाहको निर्णयका लागि तयार भएकी थिएँ ।

शोभराज मेरो लाइब्रेरी
देशीविदेशी मिडियाहरूले बारम्बार पछ्याउँदा पनि आफुले उपयोग गर्न नजानेको बताउने नीहिता भन्छिन्,‘मेरो कुनै स्वार्थ थिएन, छैन पनि । जानेको भए म धेरै माथि पुग्ने थिएँ ।’

शोभराजले नीहितालाई फ्रान्समा लान्छ अथवा त्यसका लागि नीहिताले यसो गरी त्यसो गरी भन्नेहरूलाई उनको जवाफ छ,‘म अमेरिका जान सोचिरहेको केटी थिएँ । मलाई युरोप जानका लागि न हिजो समस्या थियो न आज छ दैनिक नेपालमा खबर छ। म जुनबेला पनि जानसक्छु । तर, सानो चिटिक्क परेको नेपाल मलाई कति मनपर्छ मलाई मात्र थाहा छ । यो मेरो मूर्खता हुनसक्छ । तर मेरो मनको निर्णय हो ।’

आफ्नाी आमा सकुन्तला विश्वास, पति शोभराज र परिवारका अन्य सदस्ताका लागि आफुले मिडिया फेस गरिरहेको बताउँदै नीहिता जोड्छिन्,‘म आमा र पतिकाविरूद्धमा आउने अभिव्यक्तिको प्रतिवादका लागि मिडियामा आइरहेकी थिएँ ।’

कहिलेकाँही कुराकानीका क्रममा शोभराजलाई हप्काउँछिन् पनि । त्यो समभावना दुवैमा भएका कारणले पनि कतिपय चित्त नबुझ्ने कुरामा नीहिताले हप्काउने गरेकी छन् । ‘मैले जति उसलाई उसको आमाले पनि कराउँदैन होला ।’, उनले भनिन्,‘तरपनि हामीमा एउटा गहिरो समभाव छ ।’ पत्रपत्रिका र समाचारमा त्यति ध्यान नदिने नीहिताको लाइब्रेरी नै शोभराज हुन् ।

‘उनले पढेको १५ हजार किताबको ज्ञान म कुराकानीका क्रममा लिने गर्दछु । उनले कुरा गर्दा म धेरै विषयको जानकार हुन्छु । उनी पनि अल्छी नमानी सुनाउँछन् । यदि जो मसँग कुरा गर्न सक्तैनौ भने त्यो मेरो जीवनमा काम छैन’, नीहिताले भन्छिन्,‘मेरो विवाहको लक्ष्य पनि त्यस्तै देखियो । उनी कुरा गर्न थाक्दैनन्, म सुन्न ।’ उनलाई लाग्छ उमेर पनि त्यसैका लागि निर्धारण भएको हो, विवाह पनि त्यसरी नै जुरेको हो ।

शोभराज अहिले पनि आफ्नै लागि नेपालमा बसेकोमा उनी ढुक्क छिन् । बरू उनी आफ्नो परिवारका कारणले कमजोर भएको बताउँछिन् । शोभराजको परिवारसँग पनि प्रायः कुराकानी हुने गरेको खुलाएकी नीहिताले भनिन्,‘उनको दिदीबहिनी, आमासँग कुराकानी हुन्छ । नेपालीको जस्तो के कसो भन्ने ब्ला।।ब्ला।।होइन । अस्ति फ्रान्समा भएको विस्फोटक अट्याकका बेला भएको थियो । चाडपर्वमा हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?