साढे १ करोड ठगेर भागे दम्पती
सारांश
- नवलपरासी ।
- पूर्वी नवलपरासीको कावासोती ८ मा एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएका छन् ।
- दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले १ करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती ८ मा एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएका छन् । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले १ करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।
छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती भागेका छन् ।
कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाका अनुसार त्यस विषयमा छलफल भइरहेको छ ।
सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर पैसा नतिरी भागेको बताइएको छ । अधिकांशले कागजै नगरी सापकोटा दम्पतीलाई सापटी दिएका थिए ।
सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुईचार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका थिए । स्थानीयवासीले दिएको रकमको विवरणसहित नगरपालिका धाएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरकाका अनुसार लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था भएकाले सापकोटा दम्पती विरुद्ध जाहेरी लिएको छैन ।
प्रतिक्रिया