मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड

सारांश

  • काठमाडौँ ।
  • दक्षिण कोरियाको एक महिला ब्याण्डको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ ।
  • ब्ल्याक पिंक ब्याण्डको नयाँ गीत ‘किल दिस लभ’ बोलको गीतले युट्युबमा सबै भन्दा कम समयमा १० करोड भ्युज पाएर नयाँ रेकर्ड बनाएको हो ।
काठमाडौँ । दक्षिण कोरियाको एक महिला ब्याण्डको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । ब्ल्याक पिंक ब्याण्डको नयाँ गीत ‘किल दिस लभ’ बोलको गीतले युट्युबमा सबै भन्दा कम समयमा १० करोड भ्युज पाएर नयाँ रेकर्ड बनाएको हो । साथै यस गीतले गंगनम स्टाइलको गीतबाट चर्चामा आएका कोरियाली पप स्टार साइको रेकर्ड समेत तोडेको छ ।
युट्युबमा रिलिज भएको २४ घण्टामा यस गीतलाई ५ करोड ६७ लाख पटक हेरिएको थियो । रिलिजको २४ घण्टामा अहिलेसम्म धेरै पटक हेरिएको अरियाना ग्रान्डेको ‘थ्याँक्यु’ को रेकर्ड तोड्दै २४ घण्टामा धेरै हेरिने गीत समेत बनेको छ । अहिलेसम्म यस गीतलाई १३ करोड भन्दा बढी पटक हेरिसकिएको छ । 
युट्युबमा अहिलेसम्म २४ घन्टामा धेरै हेरिने गीतमा ब्ल्याक पिंकको ‘किल दिस लव’ ५ करोड ६७ लाख, दोस्रोमा आरियाना ग्राण्डेको ‘थ्याँक्यु’ ५ करोड ५४ लाख, बिटीएसको आइडियलको ४ करोड ५९ लाख, त्यस्तै टेलर स्विफ्टको ‘लुक ह्वाट यू मेड मी’ को ४ करोड ३२ लाख रहेको छ ।
सन् २०१६ मा बनेको कोरियाको यो महिला ब्याण्डमा जिसु, जेनी, रोज र लिसा सदस्य रहेका छन् । यस ब्याण्डले सन् २०१६ मा स्क्वायर नामक एल्बम निकालेको थियो जसलाई कोरियामा निकै मन पराइएको थियो ।
यस ब्याण्डको सन् २०१८ मा पनि डु-डु-डु-डु नामक गीत दक्षिण कोरियामा युट्युबमा धेरै हेरिने गीत बनेको थियो । अहिले रिलिज गरिएको यस गीत ‘किल दिस लब’ लाई उनीहरुले कोरियाली र अंग्रेजी भाषामा गाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा
राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
Greatest VPN just for MAC – Use Safeguarded Socket Part For Enhancing Online To safeguard Your Mac
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)
‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)
एप डेभलपर्सहरुलाई गुगलको यस्तो उर्दी
एप डेभलपर्सहरुलाई गुगलको यस्तो उर्दी
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्णपाठ)
यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्णपाठ)
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी