देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली

सारांश

  • धनकुटा।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले देश राजनीतिक रूपमा अराजकतातर्फ बढेको बताएका छन्।
  • उनले एमाले सरकारबाट बाहिरिएपछि मुलुक अराजक र अशान्ततर्फ अग्रसर भएको बताएका हुन्।

धनकुटा। एमाले अध्यक्ष केपी शर्मा ओलीले देश राजनीतिक रूपमा अराजकतातर्फ बढेको बताएका छन्।

उनले एमाले सरकारबाट बाहिरिएपछि मुलुक अराजक र अशान्ततर्फ अग्रसर भएको बताएका हुन्। मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राअन्तर्गत तेह्रथुमको वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले अढाई वर्षपहिले एमाले सरकारलाई देशी, विदेशी तत्वले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रूपमा अन्योलतातर्फ गएको दाबी गरे।

‘मुलुकमा राजनीतिक माग होइन, बेग्लै प्रकारका क्रियाकलाप भइरहेका छन्,’ उनले भने, ‘हाम्रो पार्टी सरकारमा रहँदा असाधारण ढंगले विकास र समृद्धितर्फ अघि बढेको देख्न नसकेर हामीलाई बाहिर सरकारबाट हटाइयो।’

ओलीले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप पनि लगाए। उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नताबिना बेचिन नसक्ने दाबी गरे।

उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए। उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए। चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको बताए।

उनले नागरिकहरूले सरकारको संलग्नत छ भने पनि सरकार बोल्न नसकेको जिकिर गरे। अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ ? भन्ने टुंगो नभएको दाबी गरे।

उनले यस्तो सरकार ढल्नैपर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए। मिसन ८४ बाट एमाले एकल बहुमतले सरकारमा जान आफूहरू रणनीतिक रूपमा अघि बढेको उनको भनाइ थियो।

मिसन ८४ कै संकल्प यात्रा अघि सारिएको बताए। पश्चिमबाट पूर्व आउँदा समस्याहरूको पहिचान गर्न सकिएको भन्दै उनले यात्रा फलदायी रहेको बताए। यात्राका क्रममा जनताले दिएको सुझाव र सल्लाहबाट पार्टी अघि बढ्ने अध्यक्ष ओलीले उल्लेख गरे।

यात्राका क्रममा धनकुटाको पाख्रिबास, हिले, सिधुवा लगायतका स्थानमा समेत आयोजित अन्तरक्रियाका क्रममा ओलीले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
यस्तो छ गोरखाको पछिल्लो अपडेट
यस्तो छ गोरखाको पछिल्लो अपडेट
आज ३३ सय ९ कोरोना संक्रमण पुष्टि
आज ३३ सय ९ कोरोना संक्रमण पुष्टि
नेपाललाई १९२ रनको लक्ष्य
नेपाललाई १९२ रनको लक्ष्य
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ
टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी
टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?