उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा

सारांश

  • असार १४, काठमाण्डौ ।
  • राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकारलाई विश्वासको मत दिएकोमा कुनै पश्चाताप नभएको बताएका छन् ।
  • विश्वासको मत दिएको विषयमा पार्टीभित्र विवाद पनि नभएको उनले दाबी गरे ।

असार १४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकारलाई विश्वासको मत दिएकोमा कुनै पश्चाताप नभएको बताएका छन् । विश्वासको मत दिएको विषयमा पार्टीभित्र विवाद पनि नभएको उनले दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा बाेल्दै झाले सरकारमा गइएन भने बाँच्नै गाह्रो हुन्छ भन्ने जसरी प्रचार नगर्न आग्रह गरे ।

राजपाका नेताहरु सरकारमा जानका लागि खुट्टा उचालेर बसेका छन् भन्ने कुरा गलत भएको झाले बताए । केही दिन अघि सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपा सरकारमा जान खुट्टा उचालेर बसेको र सरकारमा जाने ईच्छा आफूले पूरा गरिदिने बताएका थिए ।

तर झाले भने राजपाको ईच्छा उपेन्द्रले पूरा गर्न आवश्यक नरहेको जवाफ दिए ।

“उहाँलाई आफै सरकारमा जानु थियो । राजपा सरकारमा जान खुट्टा उचालेको छ भने म इच्छा पूरा गरिदिन्छु भन्नुभयो । हाम्रो ईच्छा पूरा गरिदिनुपर्ने कुनै आवश्यकता छैन । मलाई थाहा भएसम्म उहाँ यो दुनियाँमा धेरै कम मान्छेको मात्रै ईच्छा पूरा गर्नुहुन्छ ।” झाले भने ।

अहिले तत्काल राजपा सरकारमा जाने कुनै रणनीति नभएको झाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री, राष्ट्रपति र सभामुख माओवादीलाई दिन कांग्रेस तयार !
प्रधानमन्त्री, राष्ट्रपति र सभामुख माओवादीलाई दिन कांग्रेस तयार !
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
अार्इसियु मा रहेका देवकाेटालार्इ बावुराम भट्टरार्इले भेटेर के भने ?
नदीमा बेपत्ता २ बालकको शव भेटियो
नदीमा बेपत्ता २ बालकको शव भेटियो
रक्सीले लठ्ठिएका ‘हेडसर’ले कार्यक्रम बिथोल्न खोजेपछि…
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना