नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट

सारांश

  • काठमाडौं ।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ ।
  • टस हारेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ ।टस हारेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ। नेपाली ब्याट्सम्यान भारतीय बलर सामु रन बनाउन संघर्ष गरिरहेका छन् । नेपालले आफ्नो ३ विकेट गुमाइसकेको छ। पहिलो विकेटको रुपमा कप्तान मल्ल शून्य रनमा आउट भएका थिए। यस्तै कुशल भुर्तेल २८ तथा आरिफ शेख २ रनमा आउट भएका हुन्।

दोस्रो बलमै कप्तानको विकेट गुमाएको नेपाललाई शरद र कुशलले समाल्ने कोशिस गरेका थिए। अहिले क्रिजमा शरद भेषावकर र दिपन्द्र सिंह ऐरी रहेका छन्। नेपालको स्कोर २४ ओभरमा ८० रन रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?