राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १३, २०७८
|
|
२१ पटक हेरिएको
Shares
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने

सारांश

  • जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जाने भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा कम्तिमा ७ मन्त्रालयसहित सरकारमा जाने निश्चितप्रायः भएको हो ।
  • जसपाले चुनावी सरकारमा जान उपप्रधान तथा गृहमन्त्रालयसहित १० वटा मन्त्रालयको माग राखेको छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा कम्तिमा ७ मन्त्रालयसहित सरकारमा जाने निश्चितप्रायः भएको हो ।

जसपाले चुनावी सरकारमा जान उपप्रधान तथा गृहमन्त्रालयसहित १० वटा मन्त्रालयको माग राखेको छ । त्यसबारे अझै छलफल चलिरहेको ठाकुरनिकट एक नेताले रिपोर्टर्स नेपाललाई बताए ।

मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि आगामी हप्तामै जसपा सरकारमा जाने तयारी भएको छ । १५ जेठको बजेटपछि जसपाको सरकारमा सहभागिता हुने गरी तयारी भएको हो ।

जसपाबाट राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना रहेको छ । उनलाई उपप्रधान सहित गृहमन्त्री बनाएर लानेमा प्रधामन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको बुझिएको छ ।

मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चितप्रायः छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?