दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
२०
|
४५ पटक हेरिएको
Shares
दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ

सारांश

  • दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् ।
  • यसअघि पौडेलसँग पराजित श्रेष्ठलाई यसपालि माओवादीले पनि साथ दिएको छ ।
  • स्थानीय चिया पसलमा बसेर समोसा चपाइरहेका श्रेष्ठले यसपटक ५ देखि ८ हजारको फरकले निर्वाचन जित्ने दाबी गरे ।

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् ।

यसअघि पौडेलसँग पराजित श्रेष्ठलाई यसपालि माओवादीले पनि साथ दिएको छ । स्थानीय चिया पसलमा बसेर समोसा चपाइरहेका श्रेष्ठले यसपटक ५ देखि ८ हजारको फरकले निर्वाचन जित्ने दाबी गरे ।

कुराकानीका क्रममा एमाले नेता श्रेष्ठले आफ्ना प्रतद्वन्द्वी कांग्रेस नेता रामचन्द्र पौडेलप्रति निकै रुखो आलोचना गरे ।

प्रस्तुत छ एमाले नेता श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानीः

तपाईको चुनावी अभियान कसरी अगाडि बढेको छ ?

चुनावी अभियान तीव्र छ । पहिलो चरणको प्रचार प्रसारको काम लगभग सकिने चरणमा छ । क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) को भेटघाट सकियो । अहिले प्रदेश क्षेत्र (क) मा केन्द्रित छु । जनताका घरघरमा, वस्ती-वस्तीमा पुगे । जनतामा अति नै उत्साह पाएँ ।

गाउँको अवस्था कस्तो रहेछ त ?

जनतालाई साना साना समस्याले ठूलो दुःख दिइरहेको छ । स्कुल छ, दरवन्दी छैन, विद्युत छैन । टेलिफोन टावर छैन, स्वास्थ्य सेवाको पहुँचभन्दा जनता टाढा छ । जनता तुइनमा झुण्डिएर त्रिशुली वारिपारि गरेका छन् । तनहुँको क्षेत्र नः १ का जनता पिछडिएको पाएँ ।

म ०७० सालमा चुनाव हारें । यहाँबाट रामचन्द्र पौडेलले जित्नुभयो । त्यो भन्दाअगाडि उहाँले ४ पटक जितिसक्नुभएको थियो । उहाँले तनहुँबाट लगातार जितेको २६ बर्ष भयो । उहाँले जितेर क्षेत्रलाई गर्नुपर्ने काम नगरेका कारण जनता निराश छन् । मबाट जनताले धेरै ठूलो अपेक्षा गरेको पाएँ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तपाईका प्रतिस्पर्धी हुनुहुन्छ, उहाँको ‘पोलिटिकल हाइट’ ले चुनावी परिणामलाई असर गर्दैन ?

पोलिटिकल हाइटमा वरिष्ठ नेता होलान् । केलाई हाइट ? जनता सचेत भैसके । यसपटक जनताले परिवर्तन चाहेका छन् । म ५ देखि ८ हजारको फरकमा चुनाव जित्छु ।

तपाईको जितको आधार के हो ?

वाम गठबन्धन नै जितको आधार हो । स्थानीय तहको परिणामका आधारमा मत जोडदा हामी ३/४ हजार बढी छौं । योवीचमा कांग्रेसका कैयौं युवाहरुलाई एमालेमा भित्राएका छौं । अरु कांग्रेसमै बसेर पनि मत दिने र परिवर्तन खोज्ने ठूलो जमात छ । यसपटक कांग्रेसका साथीहरुकै सर्मथन पाउने विश्वासमा छु ।

घरदैलोका क्रममा जनताका अपेक्षा के रहेछन् ?

जनताले भने यसपटक नयाँ निर्णय गर्दैछौं भनेका छन् । योपटक तनहुँ जिल्लाका मतदाताले परिर्वतनका पक्षमा मत जाहेर गर्नेछन् । जनताले बुझिसकेका छन् । जनताको ठूलो अपेक्षा खास केही छैन । माग र अपेक्षा सामान्य छन्, जुन जायज पनि । खानेपानी, स्वास्थ्य चौकी, विद्युत बाटो, यस्तै विषय जनताको अपेक्षा छ ।

रामचन्द्र पौडेल त भावी प्रधानमन्त्री हुने हो, तनहुँको प्रधानमन्त्री बनाउन मलाई मत दिनुस् भन्नुभएको छ नि ?

लेखेर राख्नुस् रामचन्द्र पौडेल यो जुनीमा प्रधानमन्त्री हुनुहुन्न । कांग्रेसमा म प्रधानमन्त्री हुँ भनेर मुख मिठ्याउने उहाँ जस्ता ८/१० जना मान्छे छन् । ती सबै दिवासपना हुन् । रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि भन्दै १७ पटकसम्म हार्नुभयो । मैले अब १ पटक हराउँछु, १८ पटक हुन्छ ।

जनतामा राजनीतिप्रति वितृष्णा छ, जुन जोगी आए पनि कानै चिरेका भन्ने पनि सुनियो नि ? तपाईलाई जनताले कसरी पत्याउने ?

मतदातामा नकारात्मक सोच पैदा हुनुको खास कारण नै रामचन्द्र पौडेल हुन् । यो आरोप होइन, तथ्य हो सत्य कुरा हो । यदि जनताको काम गरिदिएको भए आज जनताले यस्तो भन्न सक्ने ठाउँ नै आउँदैनथ्यो । मलाई जनतामा जान समस्या हुन्थ्यो होला । मसँग एजेण्डा नै हुन्थेन । तर, रामचन्द्र पौडेलको दोषको भारी हामीले किन बोक्ने ? जनताले यसपटक मन बदल्नुपर्दछ । अनि बल्ल यी यस्ता निराशाका कुराहरु आउँदैनन् ।

म रामचन्द्र पौडेललाई भन्न चाहान्छु तपाई ७५ बर्ष हुनुभयो, यो वृद्ध उमेरमा जनतालाई ढाँटेर नहिडनुस् । यो सुहाउँदैन । पितृले सराप्छन् ।

तपाईका चुनावी एजेण्डाहरु के-के छन् ?

यहीँको छाब्दी वराह माईको कसम खाएर म भन्छु-निर्वाचन जितेपछि मैले पाउने मासिक तलव भत्ता एक रुपैयाँ पनि लिन्नँ । यो मेरो कमिटमेन्ट हो ।

मैले यहाँका बेरोजगार युवायुवतीहरुलाई रोजगारी सिर्जना गर्नुछ । गाउँघर र वस्तीहरु युवाविहीन भएका छन् । गाउँमा बुढाबुढी काम गर्न नसक्ने बा आमाहरु मात्रै हुनुहुन्छ, यो सबै कांग्रेसकै कारणले भएको हो । देशका उद्योग धन्दा सवै कांग्रेसले बेचेर खायो । उद्योग नै बेचेपछि युवाहरु रोजगारीका लागि विदेश नगए कहाँ जाने त ? यो वाध्यता कांग्रेसले नै ल्याएको हो ।
जनताका सानातिना कामहरु खानेपानी, स्वास्थ्य, विद्युत, टेलिफोनका कामहरु म निर्वाचित भएपछि तुरुन्तै अघि बढाउँछु । प्रसिद्ध छाब्दी वराही मन्दिर, थानीमाई मन्दिर, नेपाली भाषाका आदिकवि भानुभक्त आर्चायको जन्मस्थल, देशविदेशमा प्रख्यात देवघाट धार्मिक क्षेत्र, वन्दीपुर, तनहुँको सगरमाथा छिम्केश्वरी, हिलेखर्क, मिर्लुङकोट, तनहुँसुर जस्ता पर्यटकीय केन्द्रहरु यहि मेरो निर्वाचन क्षेत्रमा छन् । यिनको विकासको योजना ल्याउँछु ।

यहाँबाट विद्युत उत्पादन, सिँचाई, खानेपानी, पशुपालन, माछापालन जस्ता कामहरु गरेर हजारौं युवायुवतीहरुका लागि रोजगारी सिर्जना गर्ने सम्भावना छ । तनहुँ क्षेत्र नः १ मा एउटा औद्योगिक क्षेत्र स्थापना गर्दछु । व्यवसायिक कृषि उत्पादनमा विषेश फोकस रहनेछ । सडकहरु कालोपत्रे गर्नेछु । घुमाउनेमा पुल निर्माण गरेर दमौलीलाई नारायणगढसँग सिधा जोड्न घुमाउनेमा पुल, सराङघाट जोड्ने पक्की पुल, वुद्धिसिंह मार्ग कालोपत्रे जस्ता मुद्दालाई मैले चुनावी एजेण्डा बनाएको छु ।

प्रतिक्रिया

20 कमेन्ट

    Comment Author

    Shambhu Shrestha

    अग्रिम बधाई छ किसान श्रेस्ट लाई

    Comment Author

    Hari Kharel Nirdosh

    सपना हो यो मान्छे को

    Comment Author

    Shanker Gurung

    Bhane jasto hune bhaye????

    Comment Author

    Raju Sth

    झुतो सपना देखाउन ओलि ले सीकायो यस्लाइ पनि

    Comment Author

    Nepal Nepal

    Badaixa dai jitnu parxa aba

    Comment Author

    Nabin Jonchhe

    Oh Kian Pasa Best of luck

    Comment Author

    Topbahadur Thapa

    gufai ta ho

    Comment Author

    Alim Barkati

    100

    Comment Author

    Ramesh K. Gautam

    नचाहिदो कुरा।

    Comment Author

    Megha Bahadur Shrestha

    banako baghale aba dekhi kunai prani ko hatya gardin vannu ra tapai le bikas garxu vannu ustai hola

    Comment Author

    Manoj Joshi

    All the best Kishan Dai,Hami sabai tapaiko sathma chhau!

    Comment Author

    Rohit Shrestha

    Harxas khina kamko

    Comment Author

    Bharat Sharma

    सपना देख्न पाइन्छ (बिचरा )

    Comment Author

    Uttam Shrestha

    ?

    Comment Author

    Nabaraj Shrestha

    Bichara shrestha Babu

    Comment Author

    Devi Prasad Gurung

    किसानजी त म badminton पनि खेलेकाे छु।जितकाे अगि्रम शुभकामना !

    Comment Author

    Binod Kumar Kc

    All the best

    Comment Author

    Tej Bahadur Malla

    Good

    Comment Author

    Bhes Gurung

    Mula jitna kah X kah gaf lagaux

    Comment Author

    Pragya Paudel

    Nahuni fuiki kina ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 20
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?