टेलिफाेनले खाेज्छ हाेटलका ग्राहक !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३७ पटक हेरिएको
Shares
टेलिफाेनले खाेज्छ हाेटलका ग्राहक !

सारांश

  • डोल्पा, ११ मंसिर।
  •   नेपालको सबैभन्दा गहिरो ताल शे-फोक्सुन्डोको किनारमा छ, रिग्मो बस्ती।
  • यहाँ २० भन्दा बढी होटल छन्।

डोल्पा, ११ मंसिर।  नेपालको सबैभन्दा गहिरो ताल शे-फोक्सुन्डोको किनारमा छ, रिग्मो बस्ती। यहाँ २० भन्दा बढी होटल छन्। अचम्म लाग्न सक्छ, यी होटलका ग्राहक चाहिँ टोलिफोनले खोज्छ। डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा पर्छ यो बस्ती। रिग्मो पुग्ने हरेक पर्यटक पनि फोन भएको होटल खोज्दै हिँडिरहेका हुन्छन्। बुकिङ गर्नुअघि होटलमा फोन छ कि छैन, उनीहरू सोध्छन्। त्यसपछि मात्रै बस्ने/नबस्ने निर्णय गर्छन्। यसको कारण हो टेलिफोन सेवाको अभाव।

डोल्पाको सदरमुकाम दुनैबाट पैदलयात्रा सुरु गरेपछि यात्रीले फोन गर्न पाउँदैनन्। शे-फोक्सुन्डो ताल पुग्ने पर्यटक धेरै दिनदेखि परिवारसँग सम्पर्कविहीन भइसकेका हुन्छन्। ‘टेलिफोन सेवाबाट वञ्चित भएका यात्रीलाई फोनको ठूलो महत्व हुन्छ’, शेर्पा होटल एन्ड लजका सञ्चालक फुर्वा तेञ्जिङ बुढा भन्छन्, ‘दुनैबाट केही अघिसम्म सीडीएमए फोन लाग्छ। तर त्यो यात्रीको पहुँचभन्दा बाहिर हुन्छ। त्यसैले यात्रीले होटलमा सबैभन्दा पहिले सोध्ने विषय नै फोन हो।’ रिग्मोमा बासको समस्या छैन। पर्यटकको ठूलो संख्यालाई धान्ने होटल छन्। तर टेलिफोन छ, जम्मा तीनवटा। ती पनि घाम लाग्दा मात्रै चल्छन्। त्यसैले जुन होटलमा फोन छ, त्यही यात्रीको प्राथमिकतामा पर्छ।

फोन नभएको होटलमा बस्नेले फोन गर्न नपाउने भन्ने चाहिँ होइन। तर होटल सञ्चालकले आफ्ना ग्राहकलाई पहिलो प्राथामिकता दिन्छन्। ‘घाम लाग्दामात्रै फोन चल्ने भएकाले लाइन बस्नुपर्ने बाध्यता छ’, फुर्वा भन्छन्, ‘आफ्ना होटलका ग्राहकलाई तुरन्तै फोन गर्ने सुविधा छ। अन्य होटलमा बस्ने छन् भने उनीहरूले पालो पर्खिनुपर्छ।’ फुर्वाको होटलमा पनि फोन छ। त्यो ठाउँमा सबैभन्दा पहिले फोन राख्ने उनै हुन्। सात वर्षअघि आफूले फोन राखेको उनी बताउँछन्। सँगैको लामा होटल एन्ड लजमा पनि फोन सेवा उपलब्ध छ। रिग्मोमा टेलिफोन साह्रै महँगो छ। फोन गर्न नेपालीले प्रतिमिनेट १० रुपैयाँ र विदेशीले प्रतिमिनेट एक सय २० रुपैयाँ तिर्नुपर्छ। ‘विदेशीसँग त्यति त लिनैपर्‍यो नि’, फुर्वा हाँस्दै भन्छन्। पर्यटक आउने सिजनमा फोनबाट पनि राम्रो कमाइ हुने उनको भनाइ छ।

अर्का होटल सञ्चालक रिग्जिन वाङ्याल बुढाका अनुसार रिग्मो बस्तीमा नेपाल टेलिकमको स्याटेलाइट फोन मात्र चल्छ। अन्य सेवाको सुविधा यहाँ छैन। मोबाइल सेवा आउने हल्ला चलेको वर्षौँ भइसक्यो। तर अझै आइपुगेको छैन। टेलिकमका अनुसार डोल्पा जिल्लाका विभिन्न स्थानमा अहिले मोबाइल फोन सेवा विस्तार गर्ने काम भइरहेको छ। रिग्मोमा पनि टेलिफोन सेवा विस्तारको तयारी भइरहेको टेलिकमले जनाएको छ। रिग्जिनका अनुसार पर्यटकीय मौसम (वैशाखदेखि मंसिरसम्म, खासगरी असोजदेखि मंसिरसम्म) मा कुनै दिन ५० जनासम्म पनि पर्यटक आउँछन्। ‘नियमित चाहिँ २०-३० जना हो’, उनी भन्छन्, ‘यो बाह्य पर्यटक आउने ठाउँ थियो। तर, यो वर्ष आन्तरिक पर्यटक पनि उत्तिकै संख्यामा आएका छन्।’ यति ठूलो संख्यामा आन्तरिक पर्यटक आएको पहिलोपटक भएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी प्रधानमन्त्रीको आरोपः भारतमा भाजपा हिटलरको बाटोमा
पाकिस्तानी प्रधानमन्त्रीको आरोपः भारतमा भाजपा हिटलरको बाटोमा
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन
अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’
‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने