प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै

सारांश

  • बागलुङ, ८ असार ।
  • जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् ।
  • गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो ।

बागलुङ, ८ असार । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् ।

गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो । रु २५ लाखको लागतमा बन्ने चारकोठे पक्की भवनको निर्माण कार्य आगामी दसैँसम्म पूरा हुने जनाइएको छ ।

सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन बनाउन लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

गत अङ्ग्रेजी नयाँ वर्षमा जापानमा विभिन्न सहरमा गरिएको साङ्गीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय निर्माणमा खर्च हुने उहाँको भनाइ छ ।
भवन नभएपछि बालबालिकाले खुल्ला चउरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले भवन बनाउने तत्परता देखाएको हो । समाजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

गलकोट समाज अहिले जापानलगायत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ । नेपालमा पनि गलकोट समाज काठमाडौँ, पोखरा, बागलुङ र गलकोटमा क्रियाशील छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुखुराको दानाको मूल्य बढ्यो
कुखुराको दानाको मूल्य बढ्यो
पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरीलाई जेलमा यस्ता छन सुविधा
पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरीलाई जेलमा यस्ता छन सुविधा
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत
नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ
जहाँ डाक्टरलाई बलात्कार गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो
जहाँ डाक्टरलाई बलात्कार गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी

तपाईंले छुटाउनुभयो कि?