विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
सारांश
- चितवन।
- नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ।
- बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
चितवन। नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ। बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
उनका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित भीमनगरमा घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको हो। यस्तै कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोलामा राखिएको सिलिण्डर ग्यास पनि पड्किएको छ।
खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिण्डर राखिएकोमा पड्कन नपाएको रेग्मीले बताए। बन्दको प्रभाव जिल्लामा परेको छ । बिहानैदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन्। साना सवारी साधन म्याजिक, भ्यान, अटोे रिक्सा, इ रिक्सा, मोटरसाइकल भने सञ्चालन भइरहेका छन्। राजमार्गमा चलेका सवारीलाई प्रहरीले सुरक्षा दिइ गन्तव्यमा पु¥याएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया