मुटु परीक्षण शिविरमा १२०० लिए सेवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मुटु परीक्षण शिविरमा १२०० लिए सेवा

सारांश

  • रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ ।
  • रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् ।
  • रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो ।

रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो । पाँच सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को इसिजी र ५२१ को इको परीक्षण गरिएको थियो । शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । सिफारिस गरिएका बिरामी र तीनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ ।

जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । “मुटुसम्बन्धी समस्या भोगिरहेका व्यक्तिहरु यसबाट बढी लाभान्वित भएका छन्”, प्रमुख केसीले भन्नुभयो । गरीबीका कारण मुटुरोगको उपचार गराउन नसकेकाहरुलाई शिविरले राहत दिएको नगरप्रमुख केसीको भनाइ छ । मुटुरोग विशेषज्ञसहित आएको डेढ दर्जन चिकित्सकको टोलीले उक्त शिविर सम्पन्न गरेको हो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडाँैको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा जयन्ती फाउण्डेशनको विशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)
आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)
संस्कारी बुहारीकाे यस्ताे उत्तेजित डान्स, जाे सामाजिक संजालमा भाइरल
संस्कारी बुहारीकाे यस्ताे उत्तेजित डान्स, जाे सामाजिक संजालमा भाइरल
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला
मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला
आज ४ सय ८८ संक्रमित थप
आज ४ सय ८८ संक्रमित थप
बादी महिलाको बिदारक कथामा आधारित उपन्यास ‘नथिया’
बादी महिलाको बिदारक कथामा आधारित उपन्यास ‘नथिया’
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज

तपाईंले छुटाउनुभयो कि?