काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
सारांश
- काँकरभिट्टा(झापा), ७ मंसिर ।
- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्माले काङ्ग्रेसको समग्र देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएको नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताएका छन्।
- ‘आज हामी गठबन्धनको नाममा विभाजित भएका छौँ’ शर्माले भने, ‘एक अर्कामा कित्ताकाट गरेर विभाजित हुँदा समग्र राष्ट्र निर्माणको परिकल्पना तयार हुन सकेको छैन ।
काँकरभिट्टा(झापा), ७ मंसिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्माले काङ्ग्रेसको समग्र देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएको नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताएका छन्।
‘आज हामी गठबन्धनको नाममा विभाजित भएका छौँ’ शर्माले भने, ‘एक अर्कामा कित्ताकाट गरेर विभाजित हुँदा समग्र राष्ट्र निर्माणको परिकल्पना तयार हुन सकेको छैन । अबको १० वर्षमा देशको मुहार परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन सबै दललाई एकै स्थानमा ल्याउन सक्ने मध्यमार्गी पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु आवश्यक भएको हो । ’
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग ६ सय ८९ मतले पराजित भएका शर्माले राजनीतिमा असल संस्कारको विकास गरेर मात्र देशले गति लिन सक्ने बताए।
‘संविधान बनाउने जिम्मेवारी नपाए पनि त्यसले मलाई तपाईहरुको समीपमा रहेर निरन्तर काम गर्ने अवसर दियो । यसपटक तपाईहरुको विश्वास पाउनेमा ढुक्क छु,’ शर्माले भने।
CM Raj
७० बर्ष देखि देसको सासन सत्ताको बागडोर हातमा लिएर नेपाली भुमिहरू नालापानी, टनकपूर, कोसि, नदिनाला भारतलाइ सुम्पदै समय बर्बाद गरेउ देसको बिकास गर्नको साटो देसको राजनिति यात्रा कहिले पंन्चायत त कहिले संबैधानिक राजतन्त्रलाइ मालिक बनाएर प्रधानमन्त्रि लिनमै ब्यस्त तिम्रो नेपाली काँग्रेस ५ बर्ष भित्र देसलाइ संमृद्द बनाउछु भनेर भाषण दिनु तिम्रो राजनैतिक प्रलोभन देखि बाहेक अरू केहि हैन भनेर बुझ्नेको कमि छैन यहा। २०५९सालमा जनता द्वारा निर्बाचित प्रतिनिधिले संम्बिधान लेख्नु पर्छ भनेर तात्कालिन माअोबादीको मागलाइ राजाको बलमा बेवास्ता गर्दा माओबादीले जनयुध्दको घोषणा गर्न पर्यो र माओबादीहरू युध्द मैदानमा उत्रिए जुन बेला तिम्रो पार्टी राजाको वरिपरि रहेर माओबादीहरू सक्नु पर्छ भन्दै राजा बिरेन्द्रलाइ सिकाउदै टाउकोको मुल्य तोक्न ब्यस्त भयौ। बिडम्बना २०६३ सालमा राजाले संबिधानको प्रयोग गरि तिमिहरूको सासन सत्तामा बसेर माओबादीहरू सक्ने सपना र देस लुट्ने सपाना तुहाइ दियो र जेलको चिसो हावा पिलाई दियो यो कुरा यतिखेर विश्व प्रकासको दिमाखमा आउदैन किनकी तिमीमा काँग्रेस हुनुमा घमण्ड र दम्भ छ कारण गिरिजाले माओबादीलाइ शान्ति प्रकृयामा ल्यायो भनेर तर यहाँ राजनितिक कुरा अर्कै छ जब राजाले सासन सत्ता हातमा लिए पछि तिमीहरू नत सत्तामा बस्न पायौ नत जनता माझ जान सक्यौ गिरिजा बाबुको एउटै बिकल्प थियो माओबादी एजेण्डा बिना सर्त स्वीकार गरेर १२ बुँदे सम्झौता गर्ने त्यहि अनुरूप नेकपा एमाले र नेपाली काँग्रेस माओबादिको एजेण्डा बुझ्न र सम्झौता गर्न भारत गए। माओबादीको सम्पूर्ण एजेण्डा मान्न बाध्य हुदै माओबादी जनयुध्दकै बलमा राजतन्त्र बिरूध्द जनआन्दोलन गर्न बाध्य तिम्रो पार्टी न त गणतन्त्र स्विकार्न सक्छौ न त समाबेसिनै यो त बाध्यता बस स्विकार गरेर लोकतान्त्रिक पद्दतिमा समाहित भएको हो। अर्काको एजेण्डालाइ जस्ताको तस्तै स्विकार गर्न तिमीहरूलाइ फलामको चिउराचपाए जस्तै भाको छ भन्न छाडेर केको दार्षनिक भाषण दिएर दिवा सपना बाँडिराखेको बरू सक्छौ भने माफि माग जनता सँग हामीले ७० बर्ष सम्म तपाइहरूको अधिकार कुण्ठित गर्यौ माओबादीको बलमा जनताको अधिकार आएको छ भोट रूखमा हैन हसिया हथौडा र सुर्यमा हाल्नुस भनेर विश्व
Krishna Thakuri
नेपाली काँग्रेसले जित्नु भनेकाे भारतले जित्नु हाे बामगठबन्धनले जित्नु भनेकाे भारतले हार्नु हाे
Rajash Khadka
Congress lay harnai parxa. But annay pati lay jit garda ramro hola
Pardeshi Optional Regmi
Kina ali ali timi le pani vaag payeu ra yesto lathangro sarkarko taraf daari garxau vuleu nakabandi vayera nepal ma hahakaar huda india le naka bandhi garekai xaina vanne indian dalal lai chinenau ajhai yeslai vote?
Pardeshi Optional Regmi
Congress lai vote dine haru lai nepal aama le sarspxin congress party lai vote dinu vaneko aafni aamako ragat piunu barabar ho
Pardeshi Optional Regmi
Dekhda ta educated dekinxau timi pani indian varaute ta hainau ra congress ko taraf daari garne Bishow ji naam ramrai rahixa dimag pani yestai hunu parne tara sere ko ghar ko kothama pvt padheko jasto xa
Milan Kumar Bharati
विश्व प्रकास दाई तपाई राम्रो मान्छे हो, झापा क्षेत्र नं १ बाट उठ्नुभएको छ तर मलाई के थाहा छ भने तपाइलाई भोट दिनुभनेको फेरी पनि शेरेलाई प्रधानमन्त्रीमा निउक्ती गर्नु हो जुन कुरा म अब बिल्कुलै चाहादिन । त्यसैले मैले चाहेर पनि तपाइलाई भोट दिन सक्दिन ।
Mitra Shrestha
Yochai sahikuraho
Arjun Shasankhar
ho atro barsa des luteko bani lutna paenan vane bijok hunxa
Shiv Sharma
Congress le pahi la jabab janata din saknu parchha 2015 sal ma 75 seats ma 72 seats janatale Congress lai diyeko thiyo tara k garyo congress le ? 2o48 sal ma pani 2/3 vote janatale diye kai thiyo tara congrss le ? Congressy sasan kai sero fero ma 17 hazar banda besi le balidan dinu paryo, cored on mulya ko puratan hathiyar kaudi mai becho congress le feri ti ashali congressy karya karta Bharat babu Parsai, Sujata Acharya jasta anaganti karyakarta lai k diyo congress le? Feri janata sanga vote kun hissab magnu hunxa congressy neta jyu haru ? Janata la bhandi hos.
DP Jhapali
काँङ्ग्रेस जस्तो देशद्रोही पार्टिले हार्नुपर्छ हुनुपर्ने अन्यथा भएछ नि मित्र..
संघर्ष शेर्पा गोले
Cangres baneko baratiya pati ho bam gathbandan baneko nepali jantako pati ho tesaile aba birsera pani cangres lai vote halnu hunna