११ अर्बको भ्रष्टाचार गर्ने चुडामणि शर्माविरुद्ध मुद्दा दायर !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
२० पटक हेरिएको
Shares
११ अर्बको भ्रष्टाचार गर्ने चुडामणि शर्माविरुद्ध मुद्दा  दायर !

सारांश

  • काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूणामणि शर्माविरुद्ध झन्डै ११ अर्ब रुपैयाँ बिगो दाबी असुल उपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ।
  • डा.
  • रामशरण महत अर्थमन्त्री हुँदा कर फर्स्योट आयोग आयोग गठन गरिएको थियो।

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूणामणि शर्माविरुद्ध झन्डै ११ अर्ब रुपैयाँ बिगो दाबी असुल उपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ।

डा.रामशरण महत अर्थमन्त्री हुँदा कर फर्स्योट आयोग आयोग गठन गरिएको थियो। अख्तियारले डा.महतलाई अनुसन्धानको दायरामा ल्याएको छैन।

अख्तियारले कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य उमेश ढकालविरुद्ध पनि मुद्दा दायर गर्ने तयारी गरेको अख्तियार स्रोतले बतायो।

उनीहरुविरुद्ध पेश गर्ने फाइल तयार गरी विशेष अदालतमा पुर्‍याइए बुधबार अदालत प्रशासनले समय नपुग्ने भन्दै दर्ता गर्न अस्वीकार गरेको छ। अख्तियार उच्च स्रोतका अनुसार सो मुद्दा भोलि शुक्रबार दर्ता हुनेछ।

कर फर्स्योट आयोगका अध्यक्ष महत, सदस्य ढकाल तथा सदस्य सचिव शर्माले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजश्व मिनाहा गराएका थिए। सोही विषयमाथि अनुसन्धान गर्दै अख्तियारले १८ जेठमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई कार्यालयबाट पक्राउ गरेको हो। महत र ढकाल फरार छन्।

थुनामा रहेका शर्माले अधिकांश नर्भिक अस्पतालमा बसेर हिरासत समय ब्यतित गरेका थिए।

डा.रामशरण महत अर्थमन्त्री हुँदा कर फर्स्योट आयोग आयोग गठन गरिएको थियो। अख्तियारले डा.महतलाई अनुसन्धानको दायरामा ल्याएको छैन।

नगरिका दैनिक बाट !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?