ससुरालीबाट फर्कदै गरेका दम्पत्तिको दुर्घटनामा ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
ससुरालीबाट फर्कदै गरेका दम्पत्तिको दुर्घटनामा ज्यान गयो

सारांश

  • उदयपुर बैशाख १२- पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापूर सडक खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा एक दम्पत्तीको ज्यान गएको छ ।
  • धनकुटा देव्रेवास– ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी ३३ वर्षीया श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए ।
  • पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ छ ८०१८ नम्वरको ट्रिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

उदयपुर बैशाख १२- पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापूर सडक खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा एक दम्पत्तीको ज्यान गएको छ । धनकुटा देव्रेवास– ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी ३३ वर्षीया श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ छ ८०१८ नम्वरको ट्रिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कदै गरेका थिए । मृतक दम्पत्ती झापा पृथ्वीनगरबाट को१६प ४२०८ नम्वरको स्कुटरमा घर फर्कदै थिए । ओभरट्याक गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको बताइएको छ । दुर्घटनामा सम्लग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने
साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
अपराधको सफल अनुसन्धान गर्न निर्देशन
अपराधको सफल अनुसन्धान गर्न निर्देशन
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने
महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने
कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित
कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित