कोदो फलाउने किसानले पुरस्कार पाउने
सारांश
- काठमाण्डौं, १७ मंसिर ।
- ढोलपाटन नगरपालिकाले कोदो फलाउने किसानलाई पुरस्कृत गर्ने भएको छ ।
- कोदो बाली जोगाउनका लागि नगरपालिकाले ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागेको हो ।
काठमाण्डौं, १७ मंसिर । ढोलपाटन नगरपालिकाले कोदो फलाउने किसानलाई पुरस्कृत गर्ने भएको छ । कोदो बाली जोगाउनका लागि नगरपालिकाले ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागेको हो ।
यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । कार्यक्रमका लागि नगरसभाले चालू आर्थिक वर्षमा १५ लाख बजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताउनु भयो । उनका अनुसार एक सय किसानले पुरस्कार पाउनेछन् ।
नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया