वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा

सारांश

  • काठमाडौं, २३ जेठ ।
  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई बचाउन कीर्ते कागजात बनाउँदै घुस लिएको अभियोगमा  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोग सचिवका सचिव लक्ष्मण अर्याल र रेडियोग्राफर कृष्णप्रसाद तिमल्सिनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • विशेष अदालतमा दायर मुद्दामा अख्तियारले जबरजस्ती करणीका अभियुक्त उद्धवप्रसाद नेपाललाई पनि प्रतिवादी बनाएको छ।

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई बचाउन कीर्ते कागजात बनाउँदै घुस लिएको अभियोगमा  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोग सचिवका सचिव लक्ष्मण अर्याल र रेडियोग्राफर कृष्णप्रसाद तिमल्सिनाविरुद्ध मुद्दा दायर गरेको छ।

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले जबरजस्ती करणीका अभियुक्त उद्धवप्रसाद नेपाललाई पनि प्रतिवादी बनाएको छ।

नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौंमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत तिमिल्सिना र अस्पतालमा सेवा आयोगको सचिव पदमा कार्यरत अर्यालले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी नेपाललाई छुटाउन ५० हजार रुपैया घुस लिई नक्कली उपचार प्रतिवेदन बनाएको आरोपपत्रमा  भनिएको छ।

उक्त मुद्दाबाट छुटाउन नेपाललाई करणी उद्योग गरेकै दिन उपचारत देखिने कीर्ते कागजात तयार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइएको छ।

नेपालले आफ्ना ससुरा केदारनाथ पराजुलीमार्फत अस्पतालका कर्मचारीहरुलाई घुस उपलव्ध गराउँदै गलत प्रतिवेदन निर्माण गरेको अख्तियारले जनाएको छ। नेपालले चिकित्सा विज्ञान, वीर अस्पतालमा उपचारार्थ रहेको गलत लिखत तयार गरी नक्कली कागजात उच्च अदालत, पाटनमा पेश  गरेको अख्तियारले जनाएको छ।

सरकारी सेवामा रहेका तिमिल्सिना र अर्यालले भ्रष्टाचार निवारण ऐन २०५९ विपरीत कसुर गरेकाले जरिवाना र कैद सजाय हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।

साथै वीर अस्पतालको कागजात अनधिकृत रुपमा गैरकानुनी तवरले थपघट तथा हेरफेर गर्ने केदारनाथ पराजुली तथा जबरजस्ती करणी मुद्दाबाट छुट्कारा पाउने उद्देश्यले आफैंले बनाएको कीर्ते कागजात अदालतमा पेश गर्ने अभियुक्त नेपाललाई पनि कैद र सजायको माग आरोपपत्रमा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाताले दिएको १३ करोडले त्रिविको विभागमा खैलाबैला
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
गैँडाको आक्रमणबाट एकको मृत्यु
गैँडाको आक्रमणबाट एकको मृत्यु
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
सरिताको थर्कियो काठमाडौ  सहर अन्जली,  शंकर को यस्तो छमछमी(भिडियो सहित )  प्रकाश योगी
सरिताको थर्कियो काठमाडौ सहर अन्जली, शंकर को यस्तो छमछमी(भिडियो सहित ) प्रकाश योगी
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य
रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य

तपाईंले छुटाउनुभयो कि?