उपत्यकामा कस्ता घरको बिक्री बढी छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
उपत्यकामा कस्ता घरको बिक्री बढी छ ?

सारांश

  • काठमाडौं, २५ साउन ।
  • पछिल्लो समय उपत्यकामा १ करोड भन्दा कम मूल्यका घर रोजाइमा पर्ने थालेका छन् ।
  • भुकम्पपछिको समयमा मानिसले ठूला घर भन्दा १र२ तले घर बढी मन पराउन थालेका छन् ।

काठमाडौं, २५ साउन । पछिल्लो समय उपत्यकामा १ करोड भन्दा कम मूल्यका घर रोजाइमा पर्ने थालेका छन् । भुकम्पपछिको समयमा मानिसले ठूला घर भन्दा १र२ तले घर बढी मन पराउन थालेका छन् । काठमाडौंमा २० वर्षदेखि घरजग्गा बेचविखनको काम गर्दै आएका हरि बजगाईँका अनुसार पछिल्लो समय मानिसहरुले भुकम्पपछि बनेका घर रोज्ने गरेका छन् । उनले १ देखि साढे २ तल्लासम्मका र ८० लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्ममा घरको माग धेरै रहेको बताए ।
तर, भूकम्प पछि पनि आधुनिक प्रविधियुक्त निर्माण सामाग्रीको प्रयोग गरेर बनाइएको घरको खासै माग नभएको उनको भनाइ छ ।

‘उपत्यकामा इको प्यानलका घरहरु बनेपनि पक्की घर नै रोजाईमा पर्ने गरेको छ,’ बजगाईँले भने ।
उनका अनुसार धेरै जसो विदेशबाट आएका मानिसहरुले नै घर खरिद गर्ने गरेका छन् । काठमाडौंमा बढी जसो बालाजु, महाराजगञ्ज, काब्रेस्थली र नारायणथानमा बनेका घरहरु मानिसहरुको रोजाईमा पर्ने गरेको छ ।

घरजग्गा खरिद विक्री ब्यवसायमा संलग्न ब्यक्तिहरुले घरको बढीमा माग भएको क्षेत्र भनेर उल्लेख गरेका स्थानहरु उनीहरुले बढी कारोबार गर्ने क्षेत्र भने हुनसक्ने देखिन्छ ।
अर्का घरजग्गा व्यवसायी एक्सकम कम्पनीकी निरुशा राजभण्डारीका अनुसार उपत्यकामा सानेपा, नक्साल, बालाजु बसुन्धारा, बालुवाटार लगायतका भिआइपी क्षेत्रका घरहरु मानिसहरुको रोजाईमा पर्ने गरेका छन् ।

उनले पनि हिजोआज २ तल्लासम्मका घरहरु बढी रोजाईमा पर्ने गरेको जानकारी दिइन् । उनका अनुसार मानिसहरुले १ करोड रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मका घरहरु किन्ने गरेका छन् ।
पछिल्लो समय भुकम्प कै कारणले मानिसहरुले अरुभन्दा पक्की घरमा नै चासो देखाउने गरेको राजभण्डारीले बताइन् । ‘उपत्यका बाहिरका मानिसहरु जसका परिवारका सदस्य विदेशमा बसोबास गर्छन्, उनीहरुले बढी घरहरु खरिद गर्ने गरेका छन्,’ राजभण्डारीले भनिन् ।
१८ वर्षदेखि घरजग्गा व्यवसाय गर्दै आएका एनबी थापा मगरका अनुसार भुकम्पपछि बनेका नयाँ मोडलका घरहरु नै पहिलो रोजाइमा पर्ने गरेको छ । उनका अनुसार साढे २ करोडसम्मका घरको बढ्दो रहेको छ ।

इमाडोल, भैसेपाटी लगायतका ठाउँका घरहरु बढी बिक्री हुने गरेको उनले जानकारी दिए । बैंकिङ क्षेत्रमा आवद्ध व्यक्तिहरुले बढी जसो घर किन्ने गरेको उनले बताए ।
‘मानिसहरुले कम मूल्य भएका घर नै रोज्ने गरेका छन्, भुकम्पको डरलेपनि होला, नयाँ घर बढी बिक्री हुने गरेका छन्,’ मगरले भने । नुवाकोटमा र काठमाडौं उपत्यका दुबै तिर घरजग्गाका कारोबार गर्दै आएका राजकुमार गजुरेलका अनुसार पछिल्लो समय साढे २ तल्लासम्मका पक्की घरहरु ९० लाख रुपैयाँ देखि साढे २ करोड रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् ।

उनका अनुसार बिदेशमा परिवार भएका तथा विदेशबाट नेपाल फर्केकाहरुले प्रायः घर किन्ने गरेका छन् ।‘प्रायः मानिसहरुले १२र१२ पिल्लर भएको पक्की घर नै खोज्ने गर्छन्, भुकम्पपछि घर किन्नेहरुको रोजाई साढे २ तल्लासम्मका घर नै हुने गरेका छन्,’ गजुरेलले भने ।रोडशोे यूपिभीसीका मार्केटिङ म्यानेजर ताराबहादुर गुरुङका अनुसार मानिसहरुको रोजाईमा प्रायः १ देखि १ करोड २५ लाख रुपैयाँसम्मका घरहरु पर्ने गरेका छन् ।

२ तल्लासम्मका पक्की घरहरु बढी किनबेच हुने गरेको उनले जानकारी दिए ।
उनका अनुसार बुढानिलकण्ड क्षेत्रमा रहेका घरहरु बढी मानिसहरुको रोजाईमा पर्ने गरेको छ । विदेशबाट आएका, बैंकिङ तथा वित्तीय क्षेत्रमा काम गर्दै गरेका र सरकारी कर्मचारीहरुले बढी घर किन्ने गरेको गुरुङले बताए ।‘४ आनामा १८ सय स्क्वायर फिट क्षेत्रफलमा बनेका २ तल्लासम्मका घर खोज्ने मानिसहरु नै बढी हुन्छन्,’ गुरुङले भने । घरजग्गा खरिद विक्री ब्यवसायमा संलग्न ब्यक्तिहरुले घरको बढीमा माग भएको क्षेत्र भनेर उल्लेख गरेका स्थानहरु उनीहरुले बढी कारोबार गर्ने क्षेत्र भने हुनसक्ने देखिन्छ । यस्तै तुलनात्मक रुपमा कम मूल्य र जोखिम पनि कम देखिएकोले साढे २ तल्लासम्मका घरको माग बढी हुन सक्ने देखिएको हो ।

(क्लिकमाण्डु बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?