शनिवारदेखि प्रदुषण कम हुँदै जाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७८
|
|
२६ पटक हेरिएको
Shares
शनिवारदेखि प्रदुषण कम हुँदै जाने

सारांश

  • शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।
  • पर्सि बेलुकातिर ठूलै पानी पर्ने सम्भावना भएकाले पर्सिदेखि प्रदूषण कम हुँदै जाने मौसमविद् हिरा भट्टराईको भनाइ छ ।
  • उनका अनुसार धेरै ठूलो पानी नपरे पनि प्रदूषण हट्ने गरी पानी पर्ने सम्भावना छ ।

शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् । पर्सि बेलुकातिर ठूलै पानी पर्ने सम्भावना भएकाले पर्सिदेखि प्रदूषण कम हुँदै जाने मौसमविद् हिरा भट्टराईको भनाइ छ ।

उनका अनुसार धेरै ठूलो पानी नपरे पनि प्रदूषण हट्ने गरी पानी पर्ने सम्भावना छ । पानी कति ठूलो पर्छ र बढी कुन क्षेत्रमा पर्छ भन्नेबारे भने भोलि शुक्रवार बेलुकातिरमात्रै भन्न सकिने उनको भनाइ छ ।

नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ । स्थानीय वायुको प्रभावका कारण बेलुकातिर सामान्य हावाहुरी र पानी पर्ने गरेको भए पनि प्रदूषण हट्ने गरी पानी परेको छैन ।

यसैबीच आज बिहीवार बेलुका बाग्मती, गण्डकी र प्रदेश नम्बर एकका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?