हट्यो भाले घडियाल गोहीको अभाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
हट्यो भाले घडियाल गोहीको अभाव

सारांश

  • चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा देखिएको घडियाल भाले गोहीको अभाव हटेको छ ।
  • नवलपरासी क्षेत्रमा एउटा भाले गोही जालमा परेर मरेपछि तीन वर्ष अघि बबई नदीबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो ।
  • त्यतिबेला दुवै नदीमा भाले गोही नभएपछि बर्दियाबाट ल्याइएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा देखिएको घडियाल भाले गोहीको अभाव हटेको छ । नवलपरासी क्षेत्रमा एउटा भाले गोही जालमा परेर मरेपछि तीन वर्ष अघि बबई नदीबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो । त्यतिबेला दुवै नदीमा भाले गोही नभएपछि बर्दियाबाट ल्याइएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत साता गरिएको सर्वेक्षणका क्रममा तीन भाले गोही देखिएका छन् । गत वर्ष देखिएका दुई भाले गोही अनुगमनका क्रममा बाहिर नदेखिएका भए पनि ती गोही पनि यिनै नदीमा भएको अनुमान गरिएको छ । खड्काले सन् २०१७ को डिसेम्बरमा बबईबाट ल्याइएको भाले गोही भेलौजी क्षेत्रमा भेटिएको जानकारी दिनुभयो ।

हाल देखिएका तीन भाले गोहीमध्ये एउटा सानो र दुई केही ठूला रहेका छन् । ती भालेमध्ये एउटा राप्ती दोभान गोलाघाटमा, राप्तीको दुधौरा र अर्काे भेलौजीमा भेटिएको हो । नदीमा कम्तीमा पाँच भाले गोही रहेको अनुमान गरिएको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक वासस्थानका लागि यी भाले गोहीले पर्याप्त हुन्छ ।” यद्यपि त्रिवेणी ब्यारेजबाट भारततर्फ जान सक्ने खतरा भएको उहाँको भनाइ छ । खड्काको टोलीले ११ दिन लगाएर नारायणी, राप्ती र तिनका भंगलाको करिब २०० किलोमिटर क्षेत्रमा सर्वेक्षण गरेको थियो ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ गोही छाडी सकिएको छ । सोमध्ये राप्तिमा मात्र ७८५ गोही छाडीएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । नदीमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । गोहीको भाले पोथी पहिचान हुन २० वर्ष लाग्ने गर्दछ । प्राकृतिक रुपमा नै भाले कम जन्मिने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो छ त सरकारको नीति तथा कार्यक्रम ?
कस्तो छ त सरकारको नीति तथा कार्यक्रम ?
डा. गोविन्द केसीको अनसन : के बन्दुक उल्टो पडकने छ ?
डा. गोविन्द केसीको अनसन : के बन्दुक उल्टो पडकने छ ?
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
स्काउटको सर्वाेच्च पदक पाउने पहिलो नेपाली श्रीराम लामिछाने सम्मानित
स्काउटको सर्वाेच्च पदक पाउने पहिलो नेपाली श्रीराम लामिछाने सम्मानित
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

तपाईंले छुटाउनुभयो कि?